site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्रयोगकर्ताको अनुमतिबिनानै १५ लाख इमेल फेसबुकले लिएको खुलासा
Sarbottam CementSarbottam Cement

हङकङ । फेसबुकले प्रयोगकर्ताको स्वीकृतिबिना नै आफूले १ दशमलब ५ मिलियन ( १५ लाख) इमेल ठेगाना लिएको स्वीकार गरेको छ । विश्वकै सबैभन्दा ठूलो सोसियल नेटवर्क फेसबुकले सो कुरा स्वीकार गरेको हो ।  केही वर्षअघि डिजाइन परिवर्तन गर्ने क्रममा आफूले नचाहेरै पनि ती इमेल अपलोड भएको र तिनलाई डिलिट गर्ने प्रक्रिया अहिले चलिरहेको समेत सो कम्पनीले जनाएको छ । 

यो प्रक्रिया तीन वर्ष अघि नै शुरु भएको चर्चा गर्दै  प्रयोगकर्ताको स्टेप बाई स्टेप भेरिफिकेसन प्रोसेस अघि बढाएपछि यस्तो भएको जनाएको छ ।  यो परिवर्तन भन्दा अघि प्रयोगकर्तालाई आफ्नो इमेल कन्ट्याक्ट लिस्ट दिन आग्रह गर्ने गरिएको र त्यसो गर्दा पहिला नै फेसबुक भएकाहरु साथी बन्न सजिलो हुने गरेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, सन् २०१६ को मे महिनामा फेसबुकले प्रयोगकर्ताको व्याख्या सम्बन्धी विषय त्यसबाट हटाएपनि प्रयोगकर्ताले फेसबुकमा साइन इन गर्नासाथै कन्ट्रयाक्ट लिस्ट सर्भरमा अपलोड हुने गरेको फेसबुकले जनाएको छ ।  यसो हुनु भनेको कतिपयको इमेल ठेगाना उनीहरुको जानकारीबिना नै फेसबुकमा अपलोड हुनु भएको जनाइएको छ । 

फेसबुकका प्रवक्ताले यो कुरा स्वीकार गर्दै इमेल अपलोड भएको प्रसंग फेसबुक बाहिर नभनिएको जनाएका छन् । यो सम्बन्धी समाचार गएको बुधबार पहिलो पटक बिजनेश इनसाइडरले दिएको थियो ।   फेडरल ट्रेड कमिसनका प्रमुख प्रविधि अधिकृत अस्कन सोल्टानीले फेसबुकको यो कार्य कानुनी रुपमा कारबाही गर्नुपर्ने विषय भएको जनाएका छन् । 

Global Ime bank

‘‘मलाई विश्वास छ नियामकहरुले यस विषयलाई हेर्नेछन्,” उनले भनेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC