site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजबाट तीन दिनसम्म हावाहुरी र चट्याङ पर्न सक्ने ! मौसमविद् भन्छन्– आत्तिनुपर्दैन, सतर्क हुनुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देश भरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज रातिपनि देश भर आंशिकदेखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् विभूति पोखरेलले बाह्रखरीसँग आइतबार कुरा गर्दै भनिन्, “सतर्क हुनुपर्ने अवस्था छ । तर धेरै आत्तिनु भने पर्दैन ।” उनले गएको शुक्रबार अपराह्न पनि राजधानीका विभिन्न भागमा रुख ढल्ने अवस्था समेत उत्पन्न भएको बताउँदै त्यस खालको अवस्था आज पनि आउन सक्ने भएकोले सतर्क हुनु जरुरी रहेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो पनि देश भरी आंशिकदेखि सामान्य बदली रहने तथा  पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति देश भरी आंशिकदेखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

यसैगरी मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाको छ । महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा तीनैदिन हावाहुरी र चटयाङको सम्भावना औंल्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC