site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
पत्रकार स्व. पुष्करलालप्रति दैनिक उदासिन
Sarbottam CementSarbottam Cement

नेपालको पहिलो चलचित्र पत्रिका ‘कामना’का सम्पादक तथा प्रकाशक, दैनिक पत्रिका ‘नेपाल समाचारपत्र’का प्रधान सम्पादक तथा कामना न्युज पब्लिकेसन्सका संस्थापक पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा गत बुधबार वैशाख ४ गते निधन भयो । लामो समय पत्रकारितामा बिताएका श्रेष्ठ करिब पाँच महिनादेखि विभिन्न प्रकारको रोगसँग लड्दै आएका थिए । नेपाल मिडिया सोसाइटीमा निवर्तमान अध्यक्षसमेत रहेका पुष्करलाल श्रेष्ठको मृत्युको समाचारलाई अधिकांश दैनिकले महत्व नदिएको देखिएको छ । 

बुधकार देहवसान भएका श्रेष्ठको सोही दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनलाई जेठा सुपुत्र दिरेकलाल श्रेष्ठले मुखाग्नि दिएका थिए ।

कान्तिपुरले श्रेष्ठको निधनको समाचारलाई प्रथम पृष्ठको एक कोलममा दियो । उक्त दैनिकले भारतमा आएको भीषण हावाहुरीको समाचारलाई श्रेष्ठको मृत्युको समाचारभन्दा माथि राख्यो । तथापि समाचारको महत्वका हिसाबले यो समाचारलाई कान्तिपुरले सबैभन्दा बढी महत्व दिएको देखियो । अन्नपूर्णले प्रथम पृष्ठको पुछारमा सानो एंकर बनाएर बाँकी समाचार चौथो पृष्ठमा पठायो । राजधानीले पनि एक कोलममा प्रथम पृष्ठको तल्लो भागमा स्थान दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमालय टाइम्सले पनि प्रथम पृष्ठको पुछारमा पातलो एंकर समाचार बनायो । नागरिक, नयाँ पत्रिका तथा गोरखापत्रले पत्रकार श्रेष्ठको समाचारलाई प्रथम पृष्ठमा स्थान दिएनन् । नागरिकले अन्तिम पृष्ठको डबली पृष्ठमा एक चौथाइभन्दा बढी स्थान दिएता पनि उनलाई मनोरञ्जन पत्रकारको रुपमा बढी महत्व दिएको स्पष्ट देखियो । नयाँ पत्रिकाले तेस्रो पृष्ठको सानो समाचार बनायो भने गोरखापत्रले दोस्रो पृष्ठमा एक कोलम समाचार बनायो ।


हवाई दुर्घटना र हिनामिनाको नयाँ वर्ष

Global Ime bank

यस वर्षको पहिलो दिन अर्थात् वैशाख १, २०७६ आइतबार नेपाली हवाई दुर्घटनाको श्रृंखलामा फेरि अर्को नराम्रो घटना जोडिन पुग्यो । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उडेको समिट एयरको जहाज अचानक दाहिने मोडिएर एयरपोर्टमा रहेका अन्य हेलिकप्टरसँग जुधेर नराम्रो दुर्घटनाको सिकार भयो ।

सो दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना तथा ग्राउण्डमा रहेका दुई प्रहरीको निधन भयो । सोमबारका दैनिक पत्रिकाले यस समाचारलाई अग्र पृष्ठमा प्रकाशित गरे । तर, गोरखापत्र, नयाँ पत्रिका तथा राजधानीले यो समाचारलाई धेरै महत्व नदिई सानो स्थान दिए । 

नयाँ वर्षको शुरुवात नै नराम्रो भएको गत हप्ताको अन्य दिनका समाचारमा पत्रपत्रिकाले एकोहोरो रुपमा एउटै विषयको पछि लाग्ने विषय पाएको देखिँदैन । भ्रष्टाचार तथा अनियमितताका समाचार सधैंझैं गएको साता पनि दैनिक पत्रिकाका मुख्य पृष्ठमा सजिए । सोमबारको नयाँ पत्रिकाले १४ जना पूर्वप्रधानन्यायाधीशले सरकारी गाडी फिर्ता नगरेको समाचार प्रकाशित गर्‍यो । यसरी सरकारी गाडी फिर्ता नगर्नेमा सुशीला कार्की तथा खिलराज रेग्मीको नाम पनि थियो । पदबाट बाहिरिएपछि पनि सरकारी गाडी लिएर फिर्ता नगर्ने अन्य पूर्व प्रधानन्यायाधीशमा ओमप्रकाश शर्मा, गोपाल पराजुली, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद शाह, दामोदरप्रसाद शर्मा, मीनबहादुर रायमाझी, दिलीपकुमार पौडेल, हरिप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, मोहनप्रसाद शर्मा, ओमभक्त श्रेष्ठ तथा सुरेन्द्रप्रसाद सिंह छन् । 

भ्रष्टाचार र अनियमितताको समाचार प्रकाशित गर्ने क्रममा मंगलबारको अन्नपूर्ण पोस्टले भैरहवा भन्सारमा घुसको पनि कसरी दररेट कायम गरिएको छ भन्ने समाचार बनाएको छ । पोस्टका लक्ष्मण पोखरेल तथा सलमान खानले तयार गरेको समाचार अनुसार प्रत्येक गाडी भन्सारबाट भित्रिँदा औसतमा एक हजार पाँच सय कर्मचारीलाई तिर्नुपर्ने हुन्छ । सो दररेट अनुसार कर्मचारीले गाडी प्रवेशबाटमात्र वर्षमा रु. ३० करोड गलत ढंगले आर्जन गर्छन् । मंगलबार नै नयाँ पत्रिकाले पनि भैरहवाकै अर्को अनियमित कामको पर्दाफास गर्‍यो । सो समाचारमा विष्णु घिमिरेले संप्रेषण गरे अनुसार सरकारले सर्वसाधारण जनतालाई निःशुल्क उपलब्ध गराउनु भनेर पठाएको औषधिसमेत सरकारी अस्पतालले बेच्दै आएको छ । 

बुधबारका अधिकांश दैनिकले एनसेल कम्पनीले तिर्नुपर्ने करको रकम ६२ अर्ब ६३ करोड निर्धारण गरिएको र अब सात दिनमा ठूला करदाता कार्यालयले एनसेललाई तिर्न बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ तिर्न पत्र पठाएको समाचार प्रकाशित गरेका छन् । अन्नपूर्ण पोस्ट तथा गोरखापत्रले यो समाचारलाई प्रथम पृष्ठमा स्थान दिएनन् । त्यस्तै कान्तिपुरले बिहीबारको पत्रिकामा सरकारले मोटरसाइकललाई ट्याक्सीको रुपमा प्रयोग गर्ने आईटी कम्पनी टुटललाई साढे तीन करोड राजस्व र जरिवाना सहित तिर्नुपर्ने ठहर गरेको छ । 

अन्नपूर्णले उठायो सामाजिक समस्या

अन्नपूर्ण पोस्ट दैनिकले गोरखाको सामाजिक कुरिती तथा सामाजिक समस्याको यो हप्ता सशक्त उठान गर्यो । बुधबारको अंकमा गोरखाबाट शिव उप्रेतीले लेखेको समाचारका अनुसार उपल्लो गोरखामा अझैपनि कसैको छोरी मनपरेको अवस्थामा घरमा आएर जबर्जस्ती तानेर लैजाने र त्यस्ती केटीले अधिकांश तान्ने पति स्विकार्नुपर्ने अवस्था रहेको समाचार प्रकाशित गरेको छ । त्यस्तै उप्रेतीले नै गोरखामा बालबालिका हराउँदै गएको समाचार पनि लेखेका छन् । बिहीबारको अंकमा मुख्य बनेको सो समाचारका अनुसार यहाँका बालबालिकाहरूलाई गुम्बामा वा चर्चमा लग्ने नराम्रो चलन चलेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC