site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई कालो झण्डा देखाउने घिमिरे सांसदका उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुपन्देहीको बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलेको छ । ओलीलाई कालो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेले गएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएका थिए । 

निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र रुपमा उमेदवारी दिएको देखिन्छ । तत्कालीन नेकपा एमालेका उमेदवार विष्णु पौडेल निर्वाचित क्षेत्रमा उमेदवारी दिएका घिमिरेले २१ मत प्राप्त गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बुटवल माझ गाउँमा बसेर दुग्ध व्यवसाय गर्दै आएका घिमिरेले स्नातकसम्मको अध्ययन गरेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ मोडेलचौर पुख्र्यौली भएका ३१ वर्षीय घिमिरेको घरमा छोरा, श्रीमती र बाबुआमा छन् । 

छत्रदेव गाउँपालिकाका प्रमुख  लेखनाथ  पोखरेलले स्थानीय तहको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसका लागि मत माग्दै चुनावी सभाहरुमा सहभागी भएको दाबी गरेका छन् । उनले चुनावमा आफूलाई सघाएका घिमिरेलाई विजयी जुलुसमा अग्रपंक्तिमा देखेको सञ्चार माध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । 

Global Ime bank

ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका मल्लका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार बुटवलमा आयोजित कार्यक्रममा घिमिरेले सयौं सुरक्षाकर्मी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हजारौं कार्यकर्ताको भीडबाट प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय