site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

स्थानीय तहको कार्यक्षेत्रमा रहेको विद्यालय शिक्षक नियुक्तिका लागि संघ सरकारले ठाडै आदेश दिँदा प्रतिवाद र अवज्ञा हुनु अस्वाभाविक होइन । आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप हुन नदिन अहिले दृढतापूर्वक उभिनु स्थानीय तहका जनप्रतिनिधिको कर्तव्यै हो । यसैले उनीहरूले संगठितरूपमै पतिवाद गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । निश्चय पनि यो सुखद र सकारात्मक अवस्था हैन । तीनै तहका सरकारको अहिलेका क्रियाकलापले नै संघीयताकै स्वरूप र शैलीको मार्गचित्र तयार हुने हो । स्थानीय तहको कार्यक्षेत्रमा संघको हस्तक्षेप हुन दिने हो भने त्यही परम्परा स्थापित हुनेछ । 

नेपालको संविधान, २०७२ को अनुसूची ५, ६, ७ र ८ मा संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्रको स्पष्ट उल्लेख हुँदाहुँदै पनि केन्द्रले स्थानीय तहसँग समन्वय नै नगरी शिक्षक नियुक्त गरेर पठाउन खोजेको छ । संविधानअनसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ । तर शिक्षा मन्त्रालयले भने स्थानीय तहको अधिकार क्षेत्र मिचेर करारमा शिक्षक नियुक्त गर्ने आदेश र अख्तियारी जिल्लाका शिक्षासम्बन्धी कार्यालयहरूलाई दिएको छ । यसरी करारमा करिब १० हजार शिक्षक नियुक्त गरिने बताइएको छ । करारमा नियुक्त शिक्षक स्थायी पदपूर्ति भएपछि स्वतः हट्नेछन् । शिक्षा सेवा आयोगले लिएको आन्तरिक परीक्षामा असफल भएका लगायत विभिन्न कारणबाट रिक्त शिक्षक पदमा करारमा नियुक्ति गरेर पदपूर्ति गर्न लागिएको हो । संघले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेपछि स्थानीय तहका प्रतिनिधिहरू संगठितरूपमै प्रतिवाद गर्ने मनस्थितिमा पुगेका छन् । सायद यही नै सबैभन्दा उपयुक्त उपाय हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पञ्चायतकालमा संविधानलाई कानुनले, कानुनलाई नियमले, नियमलाई परिपत्रले र परिपत्रलाई पनि आदेशले काट्छ भन्ने गरिन्थ्यो । यो चलन हुकुमी शासनकै निरन्तरता थियो । राणा शासनमा सबैभन्दा ठूलो श्री ३ महाराजको हुकुम हुन्थ्यो । पञ्चायतमा पनि राजालाई संविधानमाथि राखिएको थियो । यसैले हुकुम प्रमांगी भएपछि सबै वैध र मान्य हुन्थ्यो । अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा पुगेको छ । तर, सरकार चलाउने शासक र प्रशासकहरूको सोच भने राणाकालीन हुकुमी शासनभन्दा खासै भिन्न देखिँदैन । स्थानीय तहको अधिकार क्षेत्र मिचेर करारमा शिक्षक नियुक्त गर्न कर्मचारीलाई लगाउनु पनि हुकुमी शासन चलाउने लोभकै उदाहरण हो । यसबाट संविधान कार्यान्वयनमा संघीय सरकार इमानदार नरहेको पुष्टि हुन्छ ।

अहिले नै तीनै तहका सरकारको कार्यक्षेत्रमा स्पष्ट लक्ष्मण रेखा खिच्न सके भविष्यमा संघीयता कार्यान्वयन सहज हुनेछ । यसैले शिक्षा मन्त्रालयले संविधानसँग नमिल्ने पुरानो ऐनको आडमा स्थानीय तहको अधिकारमा हस्तक्षेप गर्ने प्रयास नगरोस् । स्थानीय तहले पनि विद्यालय भर्नाको बेला भएको र शिक्षकहरूको समस्या लामो संघर्षपछि बल्लतल्ल समाधान निकट पुगेको यथार्थ हेक्का राखेर संवेदनशीलता देखाउनु आवश्यक छ । स्थानीय तहले आफ्नै अधिकार प्रयोग गरेर पनि विद्यालयको पढाइ सुनिश्चित हुने उपाय अपनाउनुपर्छ । स्थानीय तहले अहिले समस्या चर्काउनु उचित होइन तर अधिकारको अडान पनि छाड्नु हुँदैन । संगठित अवज्ञा भएमा संघले स्थानीय तहको अधिकार मिच्ने दुस्साहस फेरि गर्ने छैन । परिपत्रे शासनको धङधङी बोकेका संघका शासक र प्रशासकलाई पाठ सिकाउने उत्तम उपाय र समय यही हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC