site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ बुधबारसम्मको मौसम पूर्वानुमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हुरीबतास तथा हल्का वर्षा हुने जनाएको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा केही स्थनामा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेको छ ।

यसैगरी, भोलि मंगलबार दिउँसो देशका पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहने जनाइएको छ ।  पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भोलि राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बुधबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने तथा  अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरी, बतास सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

बुधबार राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हुरी बताससहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाको बुलेटिनमा पछिल्ला दिनमा चट्याङ र हावाहुरी टुट्न छोडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC