site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दीपाश्रीले भनिन्– वैशाख १३ मा हलहलमा हुन्छ हाम्रो भेट 
Ghorahi CementGhorahi Cement

काठमाडौं । दीपाश्री निरौलाले आइतबार आफ्नो फेसबुक पेजमा लेखिन्,–“वैशाख १३ मा हलहलमा हुन्छ हाम्रो भेट ।” ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्रीको नयाँ निर्देशन पनि आउँदै छैन र उनी अभिनित चलचित्र पनि रिलिज हुँदैछैन । त्यसो भए कसरी हलहलमा वैशाख १३ मा हुन्छ भेट ? के उनी उक्त दिन अरु कसैको चलचित्र हेर्न जाँदैछिन् त्यसो भए ? 

आइतबार नै दीपकराज गिरीले लेखे,–“वैशाख १३, अल नेपाल छक्का पञ्जा–२ ।” गिरीका अनुसार यही वैशाख १३ गते चलचित्र ‘छक्का पञ्जा–२’ प्रदर्शन हुँदैछ । यसैलाई लक्षित गर्दै दीपाश्री निरौलाले लेखेकी हुन्,– “वैशाख १३ मा हलहलमा हुन्छ हाम्रो भेट ।”

Agni Group

‘छक्का पञ्जा–२’ पहिलोपटक हल रिलिज हुन लागेको भने होइन । वैशाख १३ गते ‘छक्का पञ्जा–२’ हलमा रिलिज हुँदा यो चलचित्रको दोस्रोपटक हल रिलिज हुनेछ । यसको ट्रेलर अहिले हलहरुमा बजिरहेको छ । 

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा–२’ सिनेमा हलहरुले पुनः रिलिज गरिदिन आग्रह गरेपछि दोस्रोपटक प्रदर्शन हुन लागेको हो । चलचित्र ‘छक्का पञ्जा–२’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायत मुख्य भूमिकामा छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC