site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'राजतन्त्र व्यूँताउने सपना देखेर हिँडेको देख्दा अचम्म लाग्छ\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केही साथीहरु  राजतन्त्र व्यूँताउने सपना देखेर हिँडेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोह सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक ७० वर्षको संघर्षपछि मात्र लोकतन्त्र प्राप्त भएको भन्दै राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बताए । उनले भने, " कोही पनि जन्मिदै ठूलो र राजा नभइ हाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु । हामीले राणाविरुद्ध, राजाकाविरुद्ध, पञ्‍चायतका विरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले आजको दिन सिंगो मुलुकका लागि नै खुशीको क्षण भएको बताएका छन् । प्रधनमन्त्री ओलीले तत्कालीन नेकपा र तत्कालीन माओवादी पार्टीबीचको एकीककरण टुंगिएको प्रसंगमा यस्तो बताएका हुन् ।
 
‘‘वामपन्थीका लागि मात्रै नभएर सिंगो देशका लागि आजको दिन खुशीको क्षण हो,’’ उनले भने । प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुर्‍याएको दाबीसमेत गरे । 

‘‘यो पार्टीले राष्ट्रियताको रक्षा, राष्ट्रियताको आन्दोलनलाई ठिक उचाईमा पुर्‍याएको छ । यसैले लोकतन्त्रका निम्ति संघर्षपूर्ण बलिदानी गरेको छ । मुलुकबाट निरंकुशतन्त्र, सामन्तीतन्तलाई फालेर लोकतनत्रमा पुर्‍याएको छ,’’ प्रधानमन्त्री ओलीले भने । 

Global Ime bank

प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी भएको बताउँदै अब जग थप मजबुत भएको दाबीसमेत गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC