site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेल नहुँदै सुक्न थाल्यो ४० लाखको दुबो
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । प्रदेश नम्बर पाँचका विभिन्न स्थानमा अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ । भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि कतिपय खेल भाडाका स्थानमा सञ्चालन गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को हतारोमा पौडी पोखरी निर्माण सम्पन्न नभएपछि होटलको पौडीपोखरीमा खेलहरु चलिरहेका छन् । अन्य खेलको अवस्था पनि यस्तै छ । 

भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरेको नेपालगन्ज रंगशालाको अवस्था पनि फरक छैन । उद्घाटनको दिन आकर्षणको केन्द्र बनेको भिआइपी प्यारापिट अधुरो नै छ । उद्घाटन स्थलको अर्काे मुख्य आकर्षण हरियाली रंगशाला हो, जो अहिले पानी नपाएर सुक्न थालेको छ । 

मैदानमा लगाएको दुबो उद्घाटनको तीन दिन अघिदेखि पानी नहालेर राखिएको थियो । जसका कारण प्रतियोगिता हुन नपाउँदै दुबो सुक्दै गइहरहेको छ । उद्घाटनका दिनसम्म पूर्ण रुपमा तयार भइनसकेको मैदानमा हजारौं खेलाडी तथा अफिसियलहरुको रौनक मज्जाले देखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“रंगशाला पूर्ण रुपमा सम्पन्न भएको थिएन । हामीलाई प्रतियोगिताको उद्घाटन रंगशालामा नै गर्नुपर्ने थियो । त्यसैले रंगशाला नै ह्यान्डओभर नगरी प्रतियोगिताको उद्घाटन सम्पन्न गरियो,” राखेपका इन्जिनियर विश्वमित्र सञ्ज्यालले बताए । सम्झौताअनुसार ठेकेदार कम्पनी ‘सुनकोसी कन्स्ट्रक्सन’ले रंगशालामा दुबो राख्नको लागिमात्र ४० लाख रुपैयाँको ठेक्का लिएको थियो । उनले मैदान समथल नभएकाले पुनः रोलर चलाउनुपर्ने अवस्था रहेको बताए । 

\"\"यदि मैदानमा पुनः रोलरको प्रयोग गर्ने अवस्था आएमा मैदानमा खर्च गरिएको ४० लाख बराबरको दुबोको अर्थ रहँदैन । इन्जिनियर विश्वमित्रले पूरै मैदान हरियााली नबनाएसम्म हस्तान्तरण नहुने बताएका छन् । 

Global Ime bank

यता ठेकेदार कम्पनी ‘सुनकोसी कन्स्ट्रक्सन’का मालिक नारायण भट्टराईले भने आफूहरुले गर्ने काम सकिएको बताए । समयमै मलजल नपुगेर सुकेको हुन सक्ने उनको भनाइ छ । ठेकेदार कम्पनीसँग अझै तीन महिनासम्म मैदानको जिम्मा छ । 

चैत मसान्तसम्म पूर्ण रुपमा सम्पन्न हुने भनिएको मैदानमा राखिएको दुबो सुक्न थालिसकेको छ । ठेकेदार कम्पनीले वरुणा जातको दुबो भारतबाट मगाएको थियो । कम्पनीले पहिले नेपालमा उमार्ने भनिएको प्राकृतिक दुबो उमार्न नसक्दा भारतबाट मगाएको थियो । 

समथल नभएको मैदान हाल खेलाडीहरुलाई खेल्न योग्य छैन । तर भोलिबाट मैदानमा सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । पूर्ण रुपमा सम्पन्न नभएको मैदानमा खेलाडीहरुले खेल खेलेमा जोखिम हुने खेल विज्ञहरु बताउँछन् ।

राखेप प्रदेश पाँचका अध्यक्ष भीम ओलीले भने मंगलबारदेखि सेमिफाइनल समीकरणका खेलहरु हुने पक्का भएको बताए । सेमिफाइनल खेल अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर ५ तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC