site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पलेँटीमा यसपटक छन्द कविता
Sarbottam CementSarbottam Cement

काठमाण्डौं । सांगीतिक पलेँटीसँग परिचित श्रोताहरूले यसपाली फरक स्वादको कार्यक्रम हेर्न पाउने भएका छन् ।

नेपाली छन्द कविता लयात्मक माधुर्य र लालित्य बोकेको विशेष शैलीको साहित्यिक विधा हो । कुनै बखत छन्द विधा नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो तर अहिले यो विधा सिमित लयप्रेमीहरूबीच मात्र साँघुरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पर्याप्त रुपमा प्रचार हुन बाँकी नेपाली छन्द कवितामा अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो । वसन्त ऋतुको मनमोहक वातावरणमा तीनै सुगन्धित भाकाहरूका साथ पलेँटी प्रस्तुत हुने भएको छ ।

छन्द कविता, वाचन परम्पराको माध्यमले पुस्तान्तरण हुँदै जानुपर्ने साहित्यिक विधा हो । पुस्तकका पानामा मात्र सिमित राखेर छन्दको सौन्दर्य खुल्दैन । त्यसैले यो विधालाई भाका दिएर गाउँदै प्रसारित गर्ने परम्परालाई विकसित गर्नु आवश्‍यक छ । पलेँटी शृंखला त्यही नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको छ ।

Global Ime bank

छन्द-पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने छस जसमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरेलगायतका सुप्रसिद्ध कविहरूका रचना समावेश हुनेछन् ।

छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन । छापाखाना अथवा प्रिन्टिङ प्रेसको शुरूवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थहरू गाउन मिल्ने भाकामै लेखिन्थे । किनभने धुनमा बाँधिएका ग्रन्थहरू सम्झनामा लामो समय राख्न सहज मानिन्थ्यो । गाथा-गायनदेखि छन्द कवितासम्मका श्रुतिपरम्पराले पुरातन मानव परम्पराको इतिहासलाई जोगाउन मद्दत गरेको पाइन्छ । कथा र संदेशलाई गीत अथवा भाकामा समेटेर भन्नु पर्ने कारणले ती रचनाहरू छरिता र चुनिँदा हुनु जरुरी हुन्थ्यो । त्यही घनत्वका कारणले नेपाली छन्द कविताहरू साहित्यिक हिसाबले विशेष र सम्वृद्ध छन् । तर लामो समयदेखि हामीले नेपाली छन्द परम्परातर्फ त्यति ध्यान पुर्‍याएका छैनौं । यो परम्पराको व्यापकतालाई बुझ्नका निम्ति यसपालीको पलेँटी नमूना पलेँटी बन्न सक्छ ।

साहित्यमा क्रियाशील भूषिता वशिष्ठले स्वेच्छाले तयार परिरहेको छन्दको अभिलेखलाई सामाजिक संजालमा वाचन गरेको सुने पछि, उनै भुषिता मार्फत पलेंटीमा छन्द प्रस्तुत गर्ने सोच सुरु भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC