site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिपुरेश्वर–नागढुङ्गा सडकः कालोपत्रे भयो, पूर्वाधार छैनन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०७२ सालमा विस्तारका लागि ठेक्का लागेको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडकखण्ड तीन वर्षपछि कालोपत्रे भएको छ । मुआब्जा विवादले विस्तार हुन नसकेको उक्त सडकखण्डको उपलब्ध भएको स्थानमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न चरणमा कालोपत्रे गरेको हो ।

आयोजनाले गएको पुसदेखि चैतसम्म त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको १३ किमिमध्ये करिब १० किमि सडक कालोपत्रे सम्पन्न गरेको छ । २२ मिटर चौडाइमा सडक विस्तार गर्ने सरकारको योजना रहे पनि स्थानीयको अवरोधका कारण सबै स्थानमा तोकिएको चौडाइ पूरा हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

“सडक विस्तारका लागि भत्काउनुपर्ने घर, टहराको क्षतिपूर्ति हामीले दिने भनेका हौं । गएको भदौमा सर्वोच्च अदालतले क्षतिपूर्ति र जग्गाको मुआब्जा पनि दिन फैसला गरेको हो,” उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने, “यसपछि मन्त्रालयलबाट जहाँ जति सडक उपलब्ध छ, त्यतिमै कालोपत्रे गर्नू भन्ने निर्देशन आएकाले हामीले उपलब्ध सडक कालोपत्रे गरेका हौं ।”

आयोजनाले उपलब्ध स्थानमा सडक कालोपत्रे गरे पनि सडकमा आवश्यक पूर्वाधार निर्माण गरेको छैन । सडकमा अत्यावश्यक मानिने डिभाइडर, लेन कोट, फुटपाथ, ट्राफिक लाइट, जेब्राक्रस र ट्राफिक चिह्नका बोर्डहरु सडकमा निर्माण गरेको छैन ।

Global Ime bank

सडकमा यी प्रकारका सडक पूर्वाधार नबनेकाले करिब १३ किमि उक्त सडक प्रयोग गर्न सकसपूर्ण बनेको छ । जेब्राक्रस नभएकाले पैदलयात्रुलाई सडक पार गर्न निक्कै समस्या छ ।
यस्तै सडकमा लेन नछुट्याइएकाले सडक दुर्घटना भइहाले कुन सवारी साधनको गल्ति हो भन्ने पत्ता लगाउनसमेत ट्राफिक प्रहरीलाई असहज भएको छ । “अहिले धुलो र हिलोबाट सर्वसाधारणलाई मुक्ति दिनका लागि एक लेयर कालोपत्रे गरिएको हो । १३ किमि सडकमध्ये करिब ३ किमि सडक कालोपत्रे गर्न बाँकी छ । चैतदेखि नै पानी परेकाले सबै सडकमा कालोपत्रे नसकिएको हो । अब वर्खापछिमात्र सबै सडक कालोपत्रे हुन्छ,” प्रवक्ता श्रेष्ठले बाह्रखरीसँग भने, “पहिले कालोपत्रे सकेरमात्र थप पूर्वाधार निर्माण गर्ने हाम्रो योजना रहेका अहिले सडक यत्तिकै राखिएको हो ।”

काठमाडौंको प्रमुख नाकाको सडकमा आवश्यक पूर्वाधार नहुँदा दैनिक सञ्चालन हुने हजारौं संख्याको सवारी साधनको आवागमन अव्यवस्थित हुने गरेको छ । कालोपत्रे नभएको स्थानको सडकमा उड्ने धुलोले त्यस क्षेत्रका व्यापारी, पैदलयात्रु र सर्वसाधारणमा गम्भीर असर पार्ने गरेको छ ।

विस्तारका लागि ४ वर्षअघि सडक र छेउका संरचना भत्काएकाले त्यस क्षेत्रका स्थानीयबासीले सडकमा धुलो र हिलोको समस्या भोग्दै आएका छन् । हाल विवाद नभएको र सडक उपलब्ध भएका स्थानमा एक लेयर कालोपत्रे गरिएकाले धुलो र हिलोको समसया केही कम भए पनि गरिएको कालोपत्रेमा सडक पूर्वाधारहरु नहुँदा सडक दुर्घटनाको सम्भावना बढेको छ ।

आयोजनाले कान्छाराम, शैलुङ कन्ट्रक्सन जेभी कम्पनीलाई १ वर्षमा विस्तार सम्पन्न गर्ने सम्झौतामा ०७२ सालमा उक्त सडकको ठेक्का लगाएकोमा विभिन्न कारणले हालसम्म सडक विस्तार सम्पन्न हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC