site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौंमा अन्तर्राष्ट्रिय प्रांगारिक विज्ञ सम्मेलन हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय प्रांगारिक विज्ञ सम्मेलन गर्ने भएको छ । रसायानिक मल र विषादी निरुत्साहित गरि प्रांगारिक खेतीलाइ प्रोत्साहन गर्न मन्त्रालयले सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रांगारिक कृषि प्रबर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन आगामी वैशाख ३१ र जेठ १ गते काठमाडौंमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आचार्यका अनुसार सम्मेलनको लागि भारत, भुटान, क्युबा र स्पेनका प्रांगारिक विज्ञ आउने भएका छन् । सम्मेलनमा १ सय ५० जना विज्ञको सहभागिता हुने कार्यदलले जनाएको छ ।

सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र समापन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ । 

Global Ime bank

सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरी जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको बताइएको छ । प्रांगारिक खेतिलाइ प्रबर्द्धन गर्न गत पुस २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको संयोजक्तवमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । 

कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अर्न्तक्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC