site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा एकताः व्यक्ति प्रचारको भद्दा नमुना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७० वर्ष पूरा गरेको छ । र, सो अवसरमा उसले काठमाडौैंको प्रज्ञा प्रतिष्ठानको हलमा तामझामले पार्टी स्थापना दिवस मनायो । उतारचढावपूर्ण यात्रा छिचोल्दै ७० वर्षको अन्तरालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्ने हैसियतमा पुग्यो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएपछि यसको सांगठनिक आयतन जति फराकिलो र समृद्ध बन्दैछ, नीति, सिद्धान्त र पार्टी अनुशासनमा भने भुत्ते हुँदै गएको र नेतृत्वमुखी (व्यक्ति केन्द्रित) बन्न थालेको आभास हुन्छ ।

सोमबारको जिल्ला तहको नेतृत्व घोषणा सभामा पनि त्यस्तै देखियो । मञ्चको दायाँबायाँ राखिएका पार्टी अध्यक्षका तस्बिरले मात्रै होइन, विगतमा पार्टीको नेतृत्व र सरकार सञ्चालन गरेका वरिष्ठ नेता र अन्य सचिवालय सदस्यहरूको भूमिकाविहीनताले पनि नेकपामा व्यक्तिवाद हावी भएको झल्को दिन्थ्यो ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोती देवी र दिवंगत नेता मदन भण्डारीको तस्बिर अघिल्तिर अध्यक्षद्वयको फोटो राखिनु व्यक्ति पूजाको नमुना भएको स्वयम् नेकपाका नेता बताउँछन् ।

सचिवालयको फैसला नै पार्टी निर्णय !

Global Ime bank

नेकपाले ढिला गरी जिल्ला तहमा एकता विस्तार गरेको छ । प्रचण्डकै भाषाशैलीलाई सापटी लिने हो भने नेकपालाई जिल्ला तहको एकता टुंग्याउन दुई पार्टी एक बनाउन भन्दा गाह्रो पर्‍यो । सोमबार कार्यक्रममा अनुभूति पस्कँदै थिए उनी, “एकता गर्नका लागि कार्यदल बनायौँ । छलफल गर्‍यौँ । जति कुराकानी गर्दै जान्थ्यौँ, उति गाँठो कस्सिँदै गएको भान हुन्थ्यो ।”

यी सबै प्रतिकूलता र विषमतालाई चिर्दै नेकपाले जिल्ला एकताको प्रशव वेदना छिचोलेको छ । र, एकता गर्दा सचिवालयका, विशेषगरी गुटको नेतृत्व गरिरहेका नेताहरूले हारको अनुभूत गरेका छैनन् । पार्टी महासचिव विष्णु पौडेलले त यो पार्टीको सर्वसम्मत निर्णय भएको प्रष्टीकरण थिए । तथापि नेकपाका पछिल्ला निर्णयले गलत नजिर भने स्थापित गरेको छ । र, यो असोज पाँचकै निर्णयको पुनरावृत्ति हो ।

\"\"

भदौ मसान्तमा बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई तल्ला तह (प्रदेश र जिल्ला कमिटी)को एकताको प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । तर, पाँच असोजमा बसेको सचिवालय बैठकले प्रदेश अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जको निर्णय नै गरेपछि भाँडभैलो मच्चिएको थियो ।

माधवकुमार नेपाल समूहले स्थायी कमिटीको भेला नै राखेर असन्तुष्टि पोख्यो । नेपाल समूहले त्यतिबेला नै सचिवालय निर्णायक कमिटी नभएको र सचिवालयले प्रस्तावमात्रै तयार पार्नुपर्ने कुरा उठाएको थियो । पुसमा बसेको स्थायी कमिटीको बैठकमा पनि जोडतोडले सचिवालयको क्षेत्राधिकारका बारेमा पर्याप्त प्रश्न खडा भयो ।

अहिले एकता टुंग्याउने नाममा सचिवालयले आफैँ निर्णय गर्दा स्थायी कमिटीको भूमिका ओझेल परेको छ । पार्टी नेता युवराज ज्ञवाली भन्छन्, “सचिवालयले प्रस्ताव तयार पारेर स्थायी कमिटीबाट अनुमोदन गराउनुपथ्र्यो । किनभने एकीकरणको काम टुंग्याउने जिम्मा स्थायी कमिटीले कार्यदललाई दियो । अहिले सीधै सचिवालयले निर्णय गरेको छ । स्थायी कमिटीबाट अनुमोदन गराउनुपर्छ ।”

गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म बसेको पार्टी स्थायी कमिटीको बैठकले एकताको सम्पूर्ण काम टुंग्याउने जिम्मा ९ सदस्यीय कार्यदललाई दिएको थियो । तर, स्थायी कमिटीको बैठक नै नराखी कार्यदलल विघटन गरेको र सचिवालयले एकीकरण टुंग्याउने जिम्मा लिएको भन्दै स्थायी कमिटीका सदस्यहरूले आपत्ति जनाउँदै आएका छन् । र, यो विषय पनि स्थायी कमिटी बैठकको छलफलको विषय बन्ने नेताहरूले जानकारी दिएका छन् ।

\"\"

किन ढिलो हुन्छन् केपी ओली ? 

नेकपाले पार्टी स्थापना दिवस कार्यक्रम ९ गते ठीक १२ बजे शुरू हुने भनेर पत्राचार गरेको थियो । समाचारमाध्यमलाई इमेलमार्फत् गरिएको निमन्त्रणामा पनि सोही समय उल्लेख थियो । तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निर्धारित समयभन्दा १ घन्टा २० मिनेट ढिलो सभाहलमा उपस्थित भए ।

उनीहरू आउँदा १ बजेर २० मिनेट गएको थियो । र, बल्ल कार्यक्रम शुरू भयो । 

\"\"

अध्यक्ष ओलीले नेता–कार्यकर्ता कुराएको यो पहिलोपल्ट होइन । गत साउन १७ गते तुलसीलाल अमात्यको २१ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि एक घन्टा ढिला गरी अध्यक्ष ओली आएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चमै असन्तुष्टि पोखेका थिए ।

त्यसपछि पनि अध्यक्ष ओली कुनै पनि कार्यक्रममा समयमा पुगेका छैनन् । समयको महत्त्व नबुझ्ने र कुराउने नेताका रूपमा पार्टीका कार्यकर्ताहरूले उनलाई बुझ्ने गरेका छन् ।

प्रचण्ड कांग्रेसप्रति किन नरम ?

सरकारको नेतृत्व गरेदेखि नै पार्टी अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति आक्रामक टिप्पणी गर्दै आएका छन् । ‘कांग्रेस निख्रियो’, ‘आउटडेटेड भइसक्यो’ ‘कांग्रेस तंग्रिँदैन’ भन्दै प्रमुख प्रतिपक्षी पार्टीमाथि खनिँदै आएका छन् उनी । सोमबारको कार्यक्रममा पनि उनले ‘केही कांग्रेसका नेता राजतन्त्र पुनःस्थापना गर्न लागेको’ भन्दै रोष प्रकट गरे । प्रायः कार्यक्रममा अध्यक्ष ओली कांग्रेसप्रति आक्रामकै देखिन्छन् ।

तर, प्रचण्ड तुलनात्मक रूपमा नरम छन् । चुनावी गठबन्धनयता कांग्रेससँगै सत्ता साझेदारी गरेका प्रचण्डले त्यसपछि पनि कांग्रेसलक्षित कुनै अभिव्यक्ति दिएका छैनन् । 

सोमबारको कार्यक्रममा उनले केही प्रतिक्रियावादी शक्तिले नेकपा फुटाउन लागिपरेको, एकता हुन नदिन लागेको, जिल्ला तहमा एकता नहुँदा अन्तरविरोध सिर्जना गर्न लागिपरेको बताए पनि त्यो शक्ति कुन हो, खुलाएनन् । कांग्रेसप्रतिको उनको नरम दृष्टिकोण सोमबारको कार्यक्रममा पनि लुकेन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement