site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तारा एयरको विमान दुर्घटना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रामेछाप (रासस) । तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा सोमबार बिहान दुर्घटना भएको छ । काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थल फर्किएको थियो । 

मन्थलीमा जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर रन वेको पश्चिमतर्फको मैदानमा गएर रोकिएको थियो । अवतरणका क्रममा जहाजको ‘हाइड्रोलिक’ ब्रेक नलागेर दुर्घटना भएको र अगाडिको भागमा क्षति पुगेको छ । यात्रु र चालकदलका सबै सकुशल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए ।

दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएकोले रामेछाप विमानस्थलबाट थप उडान र अवतरण अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC