site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
थाल ठटाउँदै चिया मजदुरले तताए सडक, सांसदले सदन
Sarbottam CementSarbottam Cement

विराटनगर । चियाको हब मानिने झापा र इलामका चिया मजदुर यतिबेला आन्दोलनमा छन् । बिर्तामोडमा केही दिनअघि थाल ठटाउँदै चिया मदजुर सडकमा आएका थिए । चिया मजदुरको माग सडक हुँदै सदनसम्म पुगेको छ ।

न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दै आएका चिया मजदुरलाई समर्थन गर्दै उनीहरुको माग सम्बोधन गर्न प्रदेश १ का प्रदेश सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाकी सांसद जसमाया गजमेरले चिया मजदुर भोकभोकै हुने अवस्थामा पुगेको बताउँदै मदजुरको आन्दोलनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्,‘‘मदजुर आन्दोलन छन् तर सरकारले समस्या समाधान गर्न पहल नगरे जस्दो देखिएको छ ।’’ गजमेर प्रदेश संसदमा चिया मजदुरको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गरेकी छन् ।

नेकपाकै सांसद रामबहादुर मगरले प्रदेश १ भरिका चिया मजदुर अहिले आन्दोलनमा रहेको तर तिनको मागलाई सम्बोधन गर्न सरकारले समेत खासै चासो नदिएको बताउँदै भने, ‘‘ठूला चिया उद्योगी नै मजदुरलाई ज्याला दिन उदासिन देखिएका छन् । प्रदेश सरकारले यस विषयमा गम्भीर बन्नुपर्छ । मजदुरले कानुनअनुसार ज्याला पाउने वातावरण बनाउनु पर्छ ।’’ उनले केहीअघि इलामको सूर्योदय नगरपालिकाको पहलमा भएको सर्वपक्षीय छलफलमा साना तथा मझौला उद्योगीले नियमानुसार गर्न तयार रहेको प्रतिबद्धता जनाएपनि ठूलाबाट धम्की आउने गरेको बताउने गरेको सुनाए ।

Global Ime bank

संयुक्त ट्रेड युनियन प्रदेश १ ले यस विषयमा सोमबार मुख्यमन्त्री शेरधन राईको पनि ध्यानाकर्षण गराएको छ । संयुक्त ट्रेड युनियनले चिया श्रमिकहरु न्यूनतम पारिश्रमीक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दे २२ दिनदेखि आन्दोलित हँुदा पनि सरकारले मौनता साँधेको मुख्यमन्त्री समक्ष गुनासो गरेका थिए । ज्ञापनपत्र बुझाउँदै संयुक्त ट्रेड युनियनका पदाधिकारीले चाँडोभन्दा चाँडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू  गर्ने वातावरण बनाउन मुख्यमन्त्री समक्ष माग गरे । 

सरकार, रोजगारदाता एवम् श्रमिकको त्रिपक्षीय सहमतीद्धारा २०७५ श्रावण १ गतेदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुन बमोजिम श्रमिकले पाउने संचयकोष र उपादानलगायतका सुविधा प्रदान गर्नुपर्ने माग गरिएको नेपाल ट्रड युनिय काँग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले बताए । उनले भने,‘‘सरकारले नै लागू गरेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष योजनाको कार्यान्वयन नगर्दा समेत सरकार मुकदर्शक भएर बसेको छ ।’’मजदुरहरु विगत २२ दिनदेखि आन्दोलनमा छन् । 

मुख्यमन्त्री शेरधन राईले आफूले चिया मजदुरहरुको समस्या गम्भीरतापूर्वक लिएको बताउदै संघीय सरकार र सम्बन्धीत मन्त्रीहरुसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘‘समस्या समाधान गर्न प्रदेश सरकारले पहल लिनेछ ।’’ प्रदेश १ मा ५० हजारभन्दा धेरै चिया मजदुर रहेका छन् । यसभन्दा अगाडि उनीहरुले दुई चरणमा आन्दोलन गरिसकेका छन् ।

तस्बिर : बिर्तामोडमा थाल ठटाएर विरोध प्रदर्शन गर्दै चिया मजदुर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC