site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौरिकालाई  पुनः दुई स्वर्ण, एलेक्स र शयदको कीर्तिमान 
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा गौरिका सिंहले दुई स्वर्ण जित्न सफल भएकी छन् । त्यस्तै त्रिभुवन आर्मी क्लबका एलेक्स शाह र पुलिसका शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

सोमबार नेपालगञ्जको सिग्नेट होटको स्वीमिङ पुलमा भएको खेलामा आर्मीका एलेक्सले १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाउन सफल भएका हुन् । एलेक्सले निर्धारित दुरी ५५ दशमलब ३८ सेकेण्डमा पुरा गर्दै कीर्तिमान कायम गारेका हुन । स्वर्ण जितेका उनले शिरिष गुरुङको नाममा रहेको ५७ दशमलब ०३ सेकेण्डको कीर्तिमान भङ गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार भएको स्पर्धामा पुलिसका शयद हम्जाले ५७ दशमलब १० सेकेण्डसहित रजत र आर्मीका अनुभव सुब्बाले ५७ दशमलब ९७ सेकेण्डको समयसहित कास्य जिते ।

यस्तै पुलिसका शयदले पुरुष ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । सायद हम्जाले २७ दशमलब १० सेकेण्डको समय दुरी पार गरे । स्वर्ण जितेका उनले आर्मीका अनुभव सुब्बाको नाममा रहेको २७ दशमलब ७१ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई भंग गरेका हुन् । 

Global Ime bank

यस स्पर्धामा अनुभवले रजत जिते । तेन्जिङ गुरुङले कास्य जिते । त्यस्तै ४ सय मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण जित्न सफल भए । उनले ४ मिनेट ३३ दशमलब ०९ सेकेण्डको समय निकाले  । ४ मिनेट ३९ दशमलब ४७ सेकेण्डसहित एपीएफका नासिर हुसेनले रजत जित्दा ५ मिनेट ०१ दशमलब ५० सेकेण्डसहित एपीएफकै उर्गेन महर्जनले कास्य जिते । 

महिलातर्फ आर्मीकी गौरिकाले दुई स्वर्ण जितिन् । गौरिकाको यो सहित ४ स्वर्ण भएका छन् । महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ६२ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । आर्मीकै सोफिया शाहले रजत र एपीएफकी टीसा शाक्यले कास्य जितिन्  ।

महिला ५० मिटर बटरफ्लाईमा पनि गौरिकाले स्वर्ण हात पारिन । उनले ३३ दशमलब ०६ सेकेण्डको समय निकालिन । यस स्पर्धामा पुलिसकी अनुसिया तण्डुकारले ३४ दशमलब ६२ सेकेण्डसहित रजत र सृबी महर्जनले ३७ दशमलब ३० सेकेण्डको समय निकाल्दै कास्य जितिन ।

पुरुष २०० सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण जित्दा पुलिसका दीपानकर अवालेले रजत र प्रदेश १ का विकास कुमालले कास्य जिते । महिला  २०० सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले स्वर्ण जितिन् ।  आर्मीकै उपास्ती महर्जनले रजत र पुलिसका अदिप्सा बैद्यले कास्य जितिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC