site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उसु : निमा र मिनालाई स्वर्ण
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना गलानले स्वर्ण जितेका छन् ।

महिला नान् छवान्-नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला थाइची छ्वान-थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन् ।

पुरुष थाइची छ्वान-थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने । पुरुष नान छ्वान÷नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे । सान्सौंको ८ स्पर्धाको फाइनल आउन बाँकी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC