site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । व्यवस्थित आवासीय क्षेत्र निर्माणका नाममा सार्वजनिक जग्गा, सडक, राजकुलो, खहरे र मन्दिरसमेत अतिक्रमण गरेको भन्दै त्यसलाई रोक्न स्थानीयवासीले माग गरेका छन् ।
 
गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित पाखाथोक क्षेत्रको १२० रोपनी जग्गा खण्डीकरण गर्ने क्रममा पुस्तौँदेखि हिँड्दै आएको बाटोसमेत अतिक्रमण गरी बन्द गरिएको  स्थानीयवासीको गुनासो छ । हेवेन्स भिलेज प्रालिले काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयबाट ६८ रोपनी जग्गा खण्डीकरणको अनुमति लिइ १२० रोपनी क्षेत्रमा काम गरेको हो ।
 
कार्यालयका सूचना अधिकारी नरेन्द्र न्यौपानेले दिनुभएको जानकारीअनुसार हेवेन्सले दुईपटक गरी ६८ रोपनी जग्गामा आवास क्षेत्र निर्माणका लागि खण्डीकरण गर्ने अनुमति लिएको थियो । छरिएर रहेको सार्वजनिक जग्गा व्यवसायीले एकीकृत गरी दुई ठाउँमा छोडेको पनि उनले बताए ।
 
“सार्वजनिक जग्गाको क्षेत्रफल जति थियो, अहिले पनि त्यति नै छोडिएको छ, ठाउँ फरक परेको हो, राजकुलोको स्थानमा सडक बन्नेछ”, सूचना अधिकारी न्यौपानेले भन्नुभयो । स्थानीयवासी श्यामसुन्दर पण्डितले भने व्यवसायीले एक साताअघिदेखि परापूर्वकालदेखि हिँड्दै आएको बाटो बन्द गरिएको बताए । 
 
पण्डित थरका करीब १६० घर रहेकामा मन्दिरको दायाँ र बायाँ आधाआधाको बस्ती छ । बीचमा रहेको पण्डितको कुलायनस्थान र देवी मन्दिर जाने बाटो बन्द भएको उनले बताए । 

सार्वजनिक जग्गा मिचेर कित्ता नं ६५४, ६५३, ६५२, ६४७, ६४६, ६३७, ५६१ र ६०३ मा खण्डीकरण भएको भन्दै ६६ जना स्थानीयवासीले गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन् । बन्द गरिएको बाटो खुला गरी मिचिएको सार्वजनिक जग्गा, राजकुलो, खहरे र मन्दिर बचाउन माग गरिएको स्थानीयवासी लोकबहादुर कार्कीले बताए । व्यवसायीले सात रोपनी सार्वजनिक जग्गा खण्डीकरणमा मिचेको स्थानीयवासीको आरोप छ । 
 
वडाध्यक्ष कृष्णबहादुर पण्डित पुस्तौँदेखि हिँड्दै आएको बाटो बन्द गरे कानूनी लडाईंमा जान बाध्य हुने बताउनुहुन्छ । मठ, मन्दिर, राजकुलो र सार्वजनिक जग्गा पनि अतिक्रमण हुन नदिने उनले बताए । जग्गा खण्डीकरण प्रक्रिया शुरु हुन थालेपछि स्थानीयवासीले विसं २०७४ फागुन १ गते वडा कार्यालयमा घरबाटो सिफारिश रोक्का गर्न माग गरेका थिए । वडाले सिफारिश नगरे पनि काम अघि बढेकामा अध्यक्ष पण्डितले आश्चर्य प्रकट गरे । 
 
कित्ताकाट हुनुअघि नयाँपाटी ‘क’ को ८२ नं मा सार्वजनिक जग्गा थियो । सार्वजनिक जग्गा भएको र बाटोसमेत बन्द भएपछि बस्ती, खेती र मन्दिरमा जाने ठाउँ नभएको स्थानीयवासीको गुनासो छ । व्यवसायीले बाटो बन्द गरी बाँकी रहेको जग्गा थोरै मूल्यमा खरीद गर्न खोजेको स्थानीय भीमबहादुर पाण्डेले बताए । 

नगरपालिकाको न्यायिक समितिकी संयोजक एवं उपप्रमुख शान्ति नेपाल उजुरी आएपछि छलफल भइरहेको बताउनुहुन्छ । बाटो रोक्न नदिने, सार्वजनिक जग्गा कायम गरिने, राजकुलो बन्द नहुने उनले बताए । हेवेन्स भिलेजका सञ्चालक हरि श्रेष्ठलाई यस सम्बन्धमा प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहेका थिएनन् ।
 
सरकारले खेतीयोग्य जमीन खण्डीकरण गर्न रोक लगाएका बेला मालपोत कार्यालय साँखु, नापी कार्यालय साँखु, प्राधिकरण र व्यवसायीबीचको मिलेमतोमा काम भएको स्थानीयवासीले बताएका छन् ।  (पूर्णप्रसाद मिश्र/रासस)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC