site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने’
Sarbottam CementSarbottam Cement

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने बताएका छन् । सोमबार धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले मन्त्रिपरिषद् बैठकबाट अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भइसकेको बताए । 

“अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले बैंकमा खातासमेत खोल्न पाउँदैन”, उनले भने । मन्त्री पोखरेलले चाँडै नै साक्षर नेपाल घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशातर्फ अघि बढिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेकामध्ये दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइसकेको र बाँकी ६० हजारलाई स्थानीय सरकारले घरधुरी सर्वेक्षण गरी आफैँले स्वयं घोषणा गर्नुपर्ने मन्त्री पोख्रेलको भनाइ थियो । 

मन्त्री पोखरेलले नेपालको शिक्षामा ७९ प्रतिशत सार्वजनिक शिक्षाको योगदान रहेकाले सार्वजनिक शिक्षाको एजेण्डालाई मजबुत बनाउनुपर्ने र अरु प्रणालीलाई यसको पूरक हुनेगरी लैजानुपर्ने धारणा व्यक्त गरे । विद्यालय तथा विश्वविद्यालयको परीक्षा हुने, नतिजा प्रकाशन हुने, पढाउनेलगायत विषयका सन्दर्भमा देशभरि लागू हुनेगरी शैक्षिक क्यालेण्डर निर्माण गरिरहेको उनले बताए ।

Global Ime bank

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC