site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति देउवा
Sarbottam CementSarbottam Cement

दमक । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताएका छन् । 

सोमबार झापाको दमकमा काङ्ग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दै उनले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाए । 

Prabhu Bank
Agni Group
NIC Asia

“चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन्”, उनले भने । उनले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्केत भएको जिकिर गरे । 

पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको औंल्याए । कांग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब काङ्ग्रेसलाई बलियो र जनताको काङ्ग्रेस बनाउन जुट्नुपर्नेमा उनले जोड दिए । 

Global Ime bank

कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसाईं, कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाउँ तथा नगरका कार्यकर्ताको उपस्थिति रहेको थियो । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC