site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लोक गायिका डीक्रा बादी सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजले २०७६ सालको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान लोक गायिका डीक्रा बादीलाई प्रदान गरेको छ ।

देउडा गायन तथा ठाडी भाकाका माध्यमबाट लोक गायन तथा सांस्कृतिक उत्थानमा विशेष योगदान पुर्‍याए वापत सो सम्मान प्रदान गरेको हो । कञ्चनपुरमा बसोबास गर्दै आएकी डीक्रा बादीले नेपालका बादी समूदायलाई सामाजिक रुपान्तरणका लागि अभियन्ताको कार्य गर्दैआएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकगायिका डीक्रा बादीलाई वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले सम्मान पत्र प्रदान गरे । सम्मानित व्यक्तित्वलाई नगद राशी ११ हजार १ सय ११ रुपैयाँ पनि प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि स्रष्टा यादव खरेलले लोकगायिका डीक्रा बादीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । सम्मानका लागि स्रष्टा चयन सिफारिस समितिका संयोजक अधिकारवादी दुर्गा घिमिरेले डीक्रा बादीलाई सम्मानका लागि चयन गर्न पाउँदा आफैलाई प्रेरणा मिलेको बताइन् । 

Global Ime bank

सो सम्मान पुष्पा खनालले आफ्नी आमाको स्मृतिमा स्थापना गरेकी हुन् । सोही अवसरमा पुष्पा खनालको गीत संग्रह ‘गह पोखिएर’को विमोचन गरियो । गीतको पुस्तक विमोचनका साथै पुष्पाद्वारा रचित एउटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो ।

स्रष्टा समाजका अध्यक्ष कवि विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्की, डीक्रा बादी, नवराज तिमिल्सिना, पुष्पा खनाल, लेखजंग खत्री, जानु धितालले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC