site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना  देखिएको उनले बताए । नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ । 

मङ्गलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौँको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC