site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा ।  कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ ।
    
उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २० देखि ४० वर्षको उमेरका छन् । यस्ता युवा जनशक्तिलाई सदुपयोग गर्नका लागि साना उद्योग सञ्चालन गर्नुपर्ने कारागार प्रमुख गणेश गौतमले बताए ।

एउटा मुढा निर्माण गर्दा बढी रु १३० सम्म कमाइ हुने गरेको छ । उत्पादन गर्नेभन्दा बढी बजारले कमाइ गरिरहेका छन् । सोही मुढा बेच्दा कैदीबन्दीलाई बढी रु १३० कमाइ हुने गरेको छ भने व्यापारीले प्रतिमुढा रु ३०० देखि रु ४०० सम्म नाफा लिएर बेच्ने गरेका छन् ।
    
कारागार प्रमुख गौतमले कारागारको आफ्नै जग्गा पनि रहेकाले व्यापारिक पसल निर्माण गरी कारागारभित्र उत्पादित सामान बिक्री गर्ने सोचाइ रहेको बताए। उनी भन्छन्, “बिक्री कक्ष सञ्चालन ल्याउन सकिए कैदीबन्दीलाई बढी नाफा हुनुका साथै उपभोक्तालाई बजारको तुलनामा सस्तोमा सामान उपलब्ध हुनेछ ।”
    
सबैभन्दा ठूलो समस्या बजारको अभाव पनि हो । यसअघि कारागारमा अगरबत्तीको उद्योग पनि सञ्चालन थियो । बजारले बढी नाफा कमाउनका लागि सस्तोमा खरीद गर्न खोज्दा सो उद्योग बाध्यतावश बन्द गर्नु परेको थियो ।
    
विसं २०२२ मा स्थापना भएको सो कारागारमा दुईवटा ब्लक पुरुषका लागि र एउटा ब्लक महिला कैदीबन्दीको लागि छुट्ट्याइएको छ । पुरुषको लागि ४०० र महिलाका लागि २५ गरी ४२५ जना क्षमता रहेको सो कारागारमा आजसम्म पुरुष ६९६, महिला ५९ गरी ७५५ जना कैदीबन्दी र आश्रित दुई नाबालकसमेत गरी ७५९ जना रहेको कारागार शाखाले जनाएको छ ।
    
कार्यालय प्रमुख गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भए पनि कैदीबन्दीलाई सूचना र मनोरञ्जनका लागि खासै समस्या नरहेको बताए । उनले टेलिभिजनको सुविधा र पर्याप्त शौचालय रहेको छ । 
    
कारागारलाई सुधार गृहको रुपमा परिणत गर्ने सोचाइ भए पनि सामान्यदेखि आपराधिक घटनाका कैदीबन्दीलाई एकै ठाउँमा राखिएको छ । एकै ठाउँमा राखिएको कारणले कतिपय सामान्य कैदीबन्दीमा नकारात्मक प्रभावमा पर्ने सम्भावना प्रबल देखिएको छ । सुधार गृहमा परिणत गर्नका लागि सामान्य घटनाका कैदीबन्दीलाई छुट्टै राख्नुपर्ने हुन्छ ।
    
कारागारका युवा शक्तिलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक सीपमूलक तालीमका साथै विभिन्न प्रकारका साना उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रत्येक कैदीबन्दीलाई रासनबापत प्रतिदिन रु ६० का साथै ७०० ग्राम चामल कारागार शाखाले उपलब्ध गराउँदै आइरहेको छ । रासस

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC