site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झलनाथले सिट ओगटेपछि माधव नेपाल उठेर हिँडे
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार तामझामसहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७० औँ पार्टी स्थापना दिवस मनाइरहेको थियो । हलभित्र नअटेर प्रज्ञा प्रतिष्ठानको चौरमा पनि नेता–कार्यकर्ता छरिएका थिए । उनीहरूलाई बाहिरै डिजिटल पर्दामार्फत् भाषण सुन्ने बन्दोवस्त मिलाइएको थियो ।

११ महिनापछि पार्टी एकताले गति लिन लागेकामा नेता–कार्यकर्तामा अलग्गै उत्साह सञ्चार भएको थियो । टाढा–टाढाबाट एकता–विस्तारको साक्षी बस्न नेता–कार्यकर्ता कमलादी ओइरिएका थिए ।

पार्टी एकताको उल्लासपूर्ण क्षणमा वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट बन्न पुगे । र, कार्यक्रम चलिरहँदा बीचमै उठेर हिँडे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रम चल्दाचल्दै उठेर हिँडेका नेता नेपाल कार्यक्रम सकिँदा पनि मञ्चमा देखा परेनन् । र, उनले कार्यक्रम बहिष्कार गरेको हल्ला चल्यो ।

किन ?

Global Ime bank

बाह्रखरीलाई प्राप्त जानकारी अनुसार एकता विस्तार प्रक्रियामा नेता नेपालको कुनै असन्तुष्टि थिएन । न, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलको मध्यमार्गी भूमिका र त्यसआधारमै तय भएको नयाँ मापदण्ड, विधि प्रक्रिया र नवघोषित जिल्ला नेतृत्वप्रति नै नेपाल असहमत थिए ।

नेपाल निकट स्रोतले बाह्रखरीलाई बताएअनुसार नेता नेपालको असन्तुष्टि अर्का वरिष्ठ नेता झलनाथ खनालप्रति थियो । आफूलाई तय गरिएको सिटमा नेता खनाल गएर बसिदिएपछि असन्तुष्टि स्वरूप नेता नेपालले कार्यक्रमको बीचमै उठेर हिँडे । पछि फर्किएनन् ।

मञ्चमा सचिवालयका नेतालाई मात्र पुग्नेगरी ९ वटा कुर्सी राखिएको थियो । दुईजना अध्यक्षलाई सोफा र बाँकी ७ जना नेतालाई फलामको कुर्सीको प्रबन्ध मिलाइएको थियो ।

कार्यक्रमको शुरू नहुँदै पुगेका नेता खनालले पहिलो वरीयताको कुर्सी ओगटिदिए । प्रधानमन्त्री, पार्टी अध्यक्षद्वयसँगै मञ्चमा पुगेका नेता नेपाल खनाल पछिको दोस्रो सिटमा परे । त्यसैको असन्तुष्टि स्वरूप नेपाल ‘मैले अन्तै समय दिएको छु’ भन्दै उठेर हिँडेको नेकपाका नेता बताउँछन् ।

यद्यपि उद्घोषकको भूमिका निर्वाह गरेको महासचिव विष्णु पौडेलले खनाललाई नेपालपछि नै आसन ग्रहण गराएका थिए ।

खनाल शुरूदेखि नै आफ्नो वरीयता सच्याउन पार्टीभित्र आन्दोलित छन् । सचिवालयको बैठकमै वरीयता मिचिएको गुनासो गरेको भए पनि सुनुवाइ भएको छैन । साविक एमालेको विधान (९ औँ महाधिवेशनबाट पारित) अनुसार खनालमात्रै वरिष्ठ नेता थिए । पार्टी एकताका बेला खनाल चीनमा थिए । वरीयताक्रममा नेपालभन्दा पछि परे ।

यो पनि पढ्नूहोस् -
नेकपा एकताः व्यक्ति प्रचारको भद्दा नमुना 

मञ्चको दायाँबायाँ अध्यक्षद्वयको फोटो राखेका पनि आपत्ती
नेकपामा पछिल्लो समय फोटो संस्कृति हुर्किएको छ । बिमिस्टेक सम्मेलन, लगानी सम्मेलन, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम सबैमा प्रधानमन्त्रीका फोटो अंकित ठुल्ठूला होडिङबोर्डको अनुहार सहरले देखेकै हो ।

सोमबारको कार्यक्रममा पनि मञ्चको दायाँतर्फ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बायाँ तर्फ केपी शर्मा ओलीको तस्बिर राखिएको थियो ।

पार्टीको एकता विस्तारको घोषणामा अध्यक्षद्वयको फोटो राखिएकाप्रति नेपाल असन्तुष्ट थिए । पार्टी एकतामा सबैको भूमिका भएको तर अध्यक्षद्वयलाईमात्रै एकताको नायक चित्रित गर्न खोजिएको भन्दै असन्तुष्टि स्वरूप उठेर हिँडेको नेकपाका नेता बताउँछन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC