विदेश
मनिला । फिलिपिन्समा सोमबार ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिलिपिन्समो मुख्य टापु लुजोनमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा कयौं मृत्यु भएको छ ।
अमेरिकि भूगर्भ सर्भेका अनुसार राजधानी मनिलाबाट ६० किलोमिटर टाढा उत्तरपश्चिममा ४० किलोमिटरको गहिराईमा उक्त भूकम्प गएको हो ।
पामपागा राज्य प्रमुखले एक स्थानीय रेडियोसँग कुरा गर्दै भूकम्पबाट कयौं घरहरुभत्किएको र धेरै मारिएको जानकारी दिएका छन् । क्लार्क अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिकि मिलिटरी बेसलगायतका कयौं भवनहरु भत्किएकोले उडान पनि रद्द गरिएको छ । - रोयटर्स
#Earthquake #Phiippines
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६ २१:२७
प्रतिक्रिया दिनुहोस्