site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चेन्‍नईलाई उछिन्दै दिल्ली एक नम्बरमा, राजस्थान ६ विकेटले पराजित
Ghorahi CementGhorahi Cement

काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सोमबार राजस्थान रोयल्सलाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । 

राजस्थानलाई छ विकेटले पराजित गरेसँगै शीर्षस्थानको चेन्‍नईलाई उछिन्दै एक नम्बरमा स्थान बनाउन सफल भएको हो । त्यसैगरी राजस्थान लिग तालिकाको सातौं नम्बरमा छ । 

Agni Group

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा सोमबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमामा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो ।

Global Ime bank

दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए भने धवनले ५४ रन जोडे । पृथ्वी शले ४२ रन बनाए ।

यसअघि राजस्थानले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिंका रहानेले एक सय ०५ रनको शतकीय पारी खेलेका थिए । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए ।

दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ००:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC