site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘एक्सरसाइज’ बिहानभन्दा बेलुका गरेको राम्रो
Sarbottam CementSarbottam Cement

एजेन्सी । नियमित ‘एक्सरसाइज’ अर्थात शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यन्तै फाइदाकारी हुन्छ तर हालै गरिएको एक नयाँ अनुसन्धानमा शारीरिक व्यायामको समयले शरीर र स्वास्थ्यमा फरक प्रभाव पार्ने गरेको पत्ता लगाइएको छ । यसरी ‘एक्सरसाइज’ गर्ने समय सम्बन्धी प्रकाशित दुई अध्ययनहरुमा बिहानको समयमा भन्दा बेलुकीपख शारीरिक अभ्यास गर्दा बढी प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । 

‘सेल मेटाबोलिजम’ मा प्रकाशित दुईवटै जर्नलमा हाम्रो निद्रा चक्र वा शारीरिक घडीले शरीरको प्रस्तुतिमा ठूलो प्रभाव पार्न सक्ने दाबी गरिएको हो । त्यसैले पनि बिहान नभइ राति एक्सरसाइज गरेको बढी लाभदायक हुने बताइएको छ । पहिलो अध्ययनका लागि अनुसन्धान टोलीले पहिले त दिनको भिन्दाभिन्दै समयमा मुसालाई ट्रेडमिलमा दौडाएर यसको अध्ययन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा पाचन सम्बन्धी गतिविधिका लागि जिम्मेवार जीएमपी नामक मेटाबोलाइट रातिको समयमा व्यायाम गर्दा उच्च स्तरमा उत्पादन हुने गरेको पाइएको हो । 

यसरी सो तत्वको उत्पादनमा वृद्धि हुनुले अर्को दिनको शारीरिक गतिविधिमा सुधार ल्याउन मद्दत गर्ने गरेको बताइएको छ । यसपछि सो नतिजालाई पुनः पुष्टि गर्न १२ जना मानिसमाथि पनि अध्ययन गरिएको थियो र समान नतिजा प्राप्त गरेपछि नै वैज्ञानिकहरुले यसबारे स्पष्ट ठहर गरेका हुन् । 

Global Ime bank

यसमा व्यक्तिले बिहानको तुलनामा राति अभ्यास गर्दा थोरै अक्सिजन मात्र प्रयोग गर्ने गरेको पाइयो, अर्थात उनीहरुको शरीरले त्यस समयमा अझ प्रभावकारी तरिकाले व्यायाम गरिरहेको थियो । 

त्यस्तै दोस्रो अध्ययन टोलीले पनि पहिले मुसालाई नै ट्रेडमिलमा राखेर अध्ययन गरेका हुन् । यसमा व्यायामको समय र मांसेपसीबीचको सम्बन्धलाई पनि ध्यानमा राखिएको थियो । यसक्रममा हाम्रो शरीरमा ‘हाइपोक्सिया–इन्ड्युसिबल फ्याक्टर १–अल्फा (HIF-1α) नामक एक किसिमको प्रोटिन एक्सरसाइजको समयका हिसाबले सक्रिय हुने गरेको पाइएको हो । यसले पनि शारीरिक सक्रियता र प्रदर्शनमा सुधार ल्याउन ठूलो भूमिका खेल्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । यसरी बेलुकी एक्सरसाइज गर्नुले विशेषगरी पाचन प्रणालीलाई बढी फाइदा पुर्याउने गरेको पत्ता लागेको हो  । 

अनुसन्धानकर्ताहरुका अनुसार यो तथ्य मानिसमा मात्र नभएर उज्यालोसँग संवेदनशील सबै प्राणीमा लागु हुनेछ ।  यस्तोमा व्यायामका लागि बिहान चाँडै उठ्नमा कठिनाइ हुनेहरुका लागि यो निकै खुसीको खबर भएको बताइएको हो । 

त्यसैले आफ्नो शारीरिक घडीलाई असर पार्दै जबरजस्ती बिहान उठ्नुको सट्टा बेलुकुा व्यायाम गर्दा झन धेरै फायदा हुने अध्ययनकर्ताहरु बताउँछन् । तरपनि यसलाई धेरै गम्भीर रुपमा नलिन र आफूलाई सहज हुने समयमा नियमित व्यायाम गर्नु नै सबैभन्दा उचित हुने विज्ञहरुको भनाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC