site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एन्टिबायोटिकको गलत प्रयोगले विश्वमा हरेक वर्ष ७ लाख मानिसको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको पाइएको छ । चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गनुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

शरीरमा विभिन्न किसिमका हानिकारक कीटाणु (ब्याक्टेरिया) का कारण हुने संक्रमण रोक्न एन्टिबायोटिक औषधीको प्रयोग गरिन्छ । तर सामान्य घाउ र रुघाखोकीजस्ता समस्यामा यसको प्रयोग गर्ने गलत प्रवृत्ति बढिरहेको छ । शरीरमा एन्टिबायोटिकको मात्रा बढेमा यसले काम गर्न छोड्छ , औषधी प्रभावहीन भएपछि बिरामी मृत्युको मुखसम्म पनि पुग्न सक्ने चिकित्सकहरुले बताएका छन् । 

मौसमी रुघाखोकीको औषधी चिकित्सकको सल्लाहबिना आफैं किनेर खाने चलन छ । भाइरसको आक्रमणका कारण हुने मौसमी रुघाखोकी एन्टिबायोटिक प्रयोग नगरे पनि आफैं निको भएर जाने ग्रान्डी अस्पतालका विशेषज्ञ डा. प्रमेश श्रेष्ठ बताउँछन् । उनले भने, “एन्टिबायोटिकले काम गर्न छोडेमा हरेक शल्यक्रिया गर्दा मृत्युदर बढ्ने खतरा पनि बढ्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापदण्ड तथा नियन्त्रण तथा नियमन प्रमुख डा. दिपेन्द्ररमण सिंहले चिकित्सकले चाहिनेभन्दा बढी एन्टिबायोटिक सिफारिस गर्ने र बिरामीले पनि चिकित्सकले भनेअनुसार औषधी सेवन नगर्ने गर्दा एन्टिबायोटिकको प्रयोग बढ्दै गएको बताए । “सरकारले एन्टिबायोटिकको बढ्दो प्रयोग रोक्न कमिटी गठन गरिसकेको छ”, उनले भने, “ एन्टिबायोटिकको प्रयोग खाद्यन्हमा र पशुपंक्षीमासमेत रोक्नुपर्छ ।”

त्यसैगरी गत माघदेखि एन्टिबायोटिकको प्रयोगमा रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रणनीति बनाइरहेको छ । सो रणनीतिमा औषधी ऐनमा चिकित्सक, स्वास्थ्यकर्मीले नागरिकलाई जथाभावी एन्टिबायोटिक दिनु हुँदैन भनिएको छ । तर सचेतनाको कार्यक्रम गरेपछि मात्रै कारबाही प्रक्रियामा जान सकिने डा. सिंहले बताए । 

Global Ime bank

एन्टिबायोटिकले पारेको नकारात्मक असरको बारेमा जनचेतना जगाउनका लागि हाल स्वास्थ्य सचिवको संयोजकत्वमा टेक्नोलोजी समिति बनिसकेको छ । तर एन्टिबायोटिक प्रयोग कृषि र पशुमा पनि भएको हुँदा दुरुपयोगलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयको सहभागितामा राष्ट्रिय निर्देशन समिति पनि गठन गरिएको छ । 

स्वास्थ्य सचिवको संयोजकत्वमा टेक्नोलोजी समितिका सदस्य एवम् त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फर्माकोलोजी विभागका सहप्राध्यापक डा. सतिश देवले एन्टिबायोटिकको दुरुपयोगबारे जनचेतना नहुँदा औषधी सेवनमा लापरबाही हुने समस्या बढीरहेको बताए । “यो समितिले एन्टिबायोटिकको बारेमा सचेतना, एन्टिबायोटिक प्रयोग गर्ने तरिका, इन्फेक्सन हुन नदिनेलगायतका काम गर्ने छ”, उनले भने, “ एन्टिबायोटिक बढी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।”

स्वास्थ्य विज्ञहरुका अनुसार एन्टिबायोटिक ‘ख’ वर्गको औषधिमा पर्छ । यस वर्गको औषधी चिकित्सकको सल्लाहबिना बेच्नै नहुने नियम छ । तर अझै पनि खुल्लारुपमा बिक्रिवितरण भइरहेको पाइन्छ ।

त्यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले चिकित्सकको सिफारिस बिना बिरामीले औषधी किन्ने नहुने सुझाव दिए । उनले भने, "फार्मेसी पसल र औषधी पसल सञ्चालकले पनि बिना प्रिस्क्रिप्सन आफूखुसी औषधी दिनुहुँदैन ।"

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष एन्टिबायोटिकको प्रयोगबाट विश्वमा ७ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनले एन्टिबायोटिक औषधीको गलत प्रयोग गरेकै कारण विश्वमा हरेक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेको जनाएको छ ।

संगठनले सन् २०५० मा एन्टिबायोटिकको प्रयोगका कारण मृत्यु हुनेको संख्या एक करोड पुग्ने प्रक्षेपण गरेको छ । यसको प्रभाव विकसित देशभन्दा अविकसित देशहरुमा बढी देखिने उल्लेख छ । जथाभावी एन्टिबायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा रहेकोसमेत संगठनले जनाएको छ । 

पशु, तरकारी र फलफूलमासमेत एन्टिबायोटिकको अत्यधिक प्रयोग बढेकाले अप्रत्यक्ष रूपमा उपभोक्तासमेत यसको मारमा परेका छन् । मानव स्वास्थ्य, पशु, रूखबिरुवा र वातावरण सबैको एन्टिबायोटिकसँग प्रत्यक्ष सम्बन्ध छ । सबैमा यसको असर परिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC