site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘उत्तरदायी आमसञ्चार : लोकतन्त्रको आधार’ नारा तय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘उत्तरदायी आमसञ्चार : लोकतन्त्रको आधार ’तय गरेको छ । यहि वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस, २०७६ मनाउने सन्दर्भमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले सो नारा तय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारवाट वरिष्ठ पत्रकारहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ र वरिष्ठ पत्रकार सम्मान, २०७५ प्रदान गरिने सो जारी वक्तव्यमा उल्लेख छ । 

सम्पूर्ण सञ्चार माध्यमहरु, सञ्चार गृह र पत्रकारहरुलाई विशेषांक सम्पादकीय, लेख रचना, अन्तरक्रिया, सम्वाद, अन्तर्वार्ता, छलफल, सचेतनामूलक कार्यक्रमहरु तयार गरी प्रकाशन र प्रसारण गर्न समेत आव्हान गरिने मन्त्रालयले जनाएको छ । 

आम सञ्चार, पत्रकारिता र पत्रकार सम्वद्ध संस्थाहरु, आमसञ्चार सम्वन्धी प्रतिष्ठान र सञ्चार गृहले सो दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको जानकारी मूल समारोह समितिलाई समयमानै उपलब्ध गराउन आग्रह गर्र्दै  यहि २०७६ वैशाख २३ गते नेपाली पत्रकारिता क्षेत्रका समस्या र समाधानका उपायहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाउने समेत निर्णय गरिएको वक्तव्यमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC