site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ सञ्चार माध्यमसँग राष्ट्रपति भण्डारीले भनिन्– बीआरआई अन्तर्गतको ऋणलाई सकारात्मक मान्नुपर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारील चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सकारात्मक भएको बताएकी छन् । 

हालै चिनियाँ रिपोर्टरहरुको टोलीलाई भेट दिएकी राष्ट्रपति भण्डारीको सो भनाइ चीनको सरकारी मुखपत्र सीजीटिएनले सार्वजनिक गरेको हो ।  सीजीटीएनलाई सीसीटिभी—९का रुपमा समेत चिनिन्छ जुन चीनको राज्य नियन्त्रित अंग्रेजी भाषाको सरकारी समाचार च्यानल हो । 

बीआरआईमार्फत आउने चुनौती सामना गर्नका लागि संयुक्त रुपमा पहल गरेर त्यसको सम्बोधन गर्नुपर्ने समेत राष्ट्रपतिले बताएकी छन् ।  बीआरआई सम्बन्धी सम्मेलनमा भाग लिन भोलि बुधबार राष्ट्रपति भण्डारी बेइजिङ जानु अघि चिनियाँ सञ्चार माध्यममा उनको भनाइ आएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कतिपयले बीआरआइलाई डेब्ट ट्रयाप (ऋणको पासो) भन्ने आरोप लगाएको सन्दर्भमा बोल्दै उनले अनुदान र ऋण देशको आवश्यकता अनुसार हुने बताएकी छन् । उनले  यो देशको विकासको लागि सहयोगी हुने समेत बताएकी छन् ।

‘‘त्यसलाई (अनुदान र ऋण) लाई सकारात्मक रुपमा लिनुपर्छ,” राष्ट्रपतिले ऋणले रकमको प्रवाह (क्यास फ्लो) र मुलुकमा वित्त अवस्थामा सुविधा पुग्ने बताएकी छन् । ‘‘त्यसैले हामी उनीहरुप्रति नकारात्मक हुनुहुँदैन,” राष्ट्रपतिले भनेकी छन् ।

Global Ime bank

‘‘विश्वकै अतिकम विकसित मुलुक भएको नाताले नेपाल आफैंलाई विकासका लागि आर्थिक र प्राविधिक सहयोग चाहिएको छ,” राष्ट्रपति भण्डारीले भनेकी छन् ।

नेपालले अहिले बीआरआईको एक भागको रुपमा ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ का लागि चीनसँग काम गरिरहेको जनाउँदै नेपालको उज्ज्वल भविश्य चीनको उज्ववल भविश्य र नेपालप्रतिको उसको हार्दिकतामा निर्भर हुने जनाएकी छन् । 

राष्ट्रपतिले छिमेकी भएको नाताले दुवै देशको भाग्य एक अर्कामा अन्तरसम्बन्धित रहेको आफूले महसुस गरेको समेत जनाएकी छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC