site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा तेस्रो चरणको मतदान आज,  राहुल र अमितको भाग्य फैसला हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गतको तेस्रो चरणको मतदान आज भइरहेको छ । आज १५ राज्यका ११७ सिटका लागि मतदान शुरु भएको हो ।  यो चरणमा गुजरात, केरल, कर्नाटक, महाराष्ट्र, गोवा, असम, बिहार, उडिसा, उत्तर प्रदेश, छत्तीसगढ, पश्चिम बंगाल, दमन र दीव, दादर नागर हवेली, जम्मु—काश्मिर लगायतका क्षेत्रमा मतदान हुन लागेको हो । 

यो चरणको निर्वाचनको मुख्य पक्ष भनेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र प्रमुख विपक्षी कांग्रेस आइका अध्यक्ष राहुल गान्धी लडेको स्थानमा आजै मतदान हुँदैछ ।  भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडिरहेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाडबाट चुनाव लडिरहेका छन् । उनीहरुको अवस्था के हुन्छ भन्ने कुरामा धेरैको चासो रहेको छ ।

मतपरिणाम भने सात चरणको निर्वाचन सकिएपछि मे २३का दिन मात्रै आउनेछ  । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC