site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समृद्धिको ‘प्रत्युत्पादन’

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा छिन् । चीन संसारमै चमत्कारी विकासका लागि कहलिएको मुलुक । संसारका धेरै मानिस आफ्नो मुलुकमा पनि चीनकै जस्तो विकास होस् तर आफ्नो स्वतन्त्रता भने चिनियाँ नागरिकको जस्तो नखोसियोस् भन्ने चाहन्छन् । नेपालबाट जाने टोलीमा कोही गैरकम्युनिस्ट पनि भए त्यस्तै सोच्दै होलान् । त्यसो त नेपालका कम्युनिस्टहरू ‘साम्राज्यवादी’को जति नै विरोध गरे पनि पाए युरोप अमेरिका नै जान्छन् । चीन, क्युबा वा भियतनाम कुनै कम्युनिस्ट मुलुकमा अर्को मुलुकका कम्युनिस्टहरू शरणार्थी भएर बस्न रुचाएको थाहा छैन । 

प्रदूषणको मार र भार गरिबलाई
चीन जाने सबैले नपढे पनि केहीले त अहिलेका चर्चित लेखक युवल नोह हरारीको सन् २०१६ को पुस्तक ‘होमा डेउस ः अ ब्रिफ हिस्ट्र अफ टुमरो’ पक्कै पढेका होलान् । तिनले हरारीले ‘न्यु योर्क टाइम्स’लाई उद्धृत गर्दै पुस्तकमा लेखेको यो अंश पनि पढेका होलान् । हेक्का राख्ने कि नराख्ने त आआफ्नो रुचिमा भर पर्छ । 

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

हरारीले लेखेका छन् – ‘‘ बेइजिङ कति प्रदूषित भइसकेको छ भने मानिसहरू बाहिर निस्कन मन गर्दैनन् र धनी चिनियाँहरू घरभित्रको हावा स्वच्छ बनाउन हजारौं डलर खर्च गर्छन् । धेरै धनाढ्यहरूले घरको परिसरनै स्वच्छ बनाउने मेसिन लगाउने गरेका छन् । सन् २०१३ मा विदेशी कूटनीतिज्ञहरू र उच्च वर्गका चिनियाँ नागरिकका सन्तान पढ्ने ‘इन्टरनेसनल स्कुल अफ बेइजिङ’ ले एक कदम अगाडि बढेर खेल मैदान र ६ वटा टेनिसकोर्टलाई ढाक्नेगरी ५० लाख डलरको लागतमा एउटा ढक्कन (डोम) निर्माण गरेको छ । अरू धनी स्कुलहरूले पनि त्यसै गरिरहेका छन् र हावा स्वच्छ बनाउने चिनियाँ उद्योग मालामाल भएका छन् । पक्कै पनि बेइजिङ अधिकांश बासिन्दाले घरमा यस्तो विलासी संरचना बनाउन सक्तैनन् न त तिनले इन्टरनेसनल स्कुलमा आफ्ना सन्तानलाई पढाउनै सक्छन् । ’’

धनीले घरघरमा हावा सफा गर्दा फोहोर त बाहिर वायुमण्डलमा न फाल्ने हो । अर्थात्, गरिबका भागमा थप पोहोर पर्ने भयो ।  

Global Ime bank

घानमा साना व्यापारी

यता काठमाडौंमा शनिवार सरकारले चमत्कार गरेको छ । खुलामञ्चमा ठेकेदारले पैसा लिएर बनाउन दिएको सटरहरूमा एकाएक डोजर चलाइएको छ । सदर टुँडीखेलको एउटा खण्डमा खुलामञ्च छ । त्यहाँ बस पार्क सारियो । त्यहीँ वीर अस्पताल र दरबार स्कुलका ठेकेदारको सामान थुपारियो । त्यतिले नपुगेर पुरानो बसपार्कमा ‘भ्यु टावर’ बनाउने ठेक्का लिएको व्यक्तिले खुलामञ्चको बचेखुचेको ठाउँ पनि भाडामा लगाएछन् । भाडामा लिनेहरूले पसल कवल बनाएपछि हल्लिखल्ली भयो ।

\"\"

सञ्चार माध्यम र स्थानीय जनप्रतिनिधिले चासो देखाए । महानगरपालिकाका प्रमुख पहिले त थाहा नपाएको भन्दै थिए पछि बोली फेर्न थाले । मेयरको संलग्नता कति हो खुलेको छैन तर उनका कर्मचारी त्यसमा मुछिएको कागजहरू भने सञ्चार माध्यममा देखापरे । त्यसपछि प्रधानमन्त्री केपी ओलीकै आदेशमा भन्छन् डोजर त्यहाँको संरचना भत्काइयो । यी पंक्ति लेख्दासम्म ठेकेदारका तर्फबाट कुनै प्रतिक्रिया प्रकट भएको थाहा पाएको छैन । त्यहाँ टहरा बनाउने साना व्यापारी भने ठगिएकोमा आक्रोशित छन् । विशेषगरी उनीहरूले खुलामञ्च खाली गर्न खोज्ने जनप्रतिनिधि र सञ्चारकर्मीमाथि रिस पोखेका छन् । आफूलाई ठग्ने ठेकेदारप्रति उनीहरू खासै आक्रोशित नदेखिनु भने आश्चर्य हो ।

समृद्धिको चपेटामा किसान

भारतमा लोकसभाको चुनाव भइरहेको छ । भारतीयहरू केही अन्तर्राष्ट्रिय राजनीतिशास्त्रीहरू पनि भारतलाई ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’ भन्छन् । लोकसभाको निर्वाचनमा हुने सहभागिता पक्कै पनि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास हो । यद्यपि, यसको स्वच्छता अझै विवादरहितै हुन सकेको छैन । तर, यहाँ मैले भारतको चुनावको चर्चा गर्न खोजेको छैन । समृद्धिको एउटा ‘मामुली’ प्रत्युत्पादन (बाइप्रोडक्ट)प्रति पाठकको ध्यान तान्न खोजेको हो । 

सन् २०१४ को लोकसभा निर्वाचनमा विकास पुरुषका रूपमा चित्रित नरेन्द्र मोदीको राज्य गुजरातका चार किसानमाथि पेप्सीको भन्ने बहुराष्ट्रिय कम्पनीले जनही एक करोड रुपियाँ दाबी गरेर नालेस ठोकेको छ । ती किसानले ‘लेज’ नामको आलु चिप्स बनाउन प्रयोग हुने ‘एफ सी ५’ प्रजातिको आलु खेती गरेर आफ्नो कम्पनीका नाममा रहेको बौद्धिक सम्पत्तिको अधिकार हनन गरेको आरोप पेप्सीले लगाएको छ । 

गुजरातका किसानहरूले वर्षौँदेखि आलु खेती गर्दै आएका छन् । भारतको कानुनले पनि कसैले व्यापारिक प्रयोजनका लागि नामको प्रयोग नगरे किसानले कुनै पनि खेती गर्न पाउने अधिकार दिएको छ । यसैले किसानहरू मुद्दा परेपछि बढी आत्तिएका रहेछन् । मूलधारका सञ्चार माध्यममको समाचार पेप्सीकोप्रति बढी झुकेजस्तो भान हुन्छ भने ‘द वायर’ जस्ता वैकल्पिक माध्यमहरूमा किसानको पक्ष प्रस्तुत गरिएको पाइन्छ । 

मुद्दाको रोचक पक्ष के छ भने पेप्सीकोले नालेस दिनेबित्तिकै मिलापत्रको पनि प्रस्ताव गरेको छ । यी किसानहरू पेप्सीको सहकारी खेतीमा सहभागी भएदेखि बिगोका बारेमा विचार गर्ने प्रस्ताव वकिलले राखेको ‘बिजीनेस टुडे’को शनिवारको अनलाइन संस्करणमा लेखिएको छ । पेप्सीकोका प्रवक्तलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ‘‘कम्पनी मुद्दा मिलापत्रमा सुल्झाउन प्रतिबद्ध रहेको’ बताइएको छ । 

उता, ‘अल इन्डिया किसान सभाले भने बहुराष्ट्रिय कम्पनीबाट किसानलाई बचाउन सरकारलाई आह्वान गरेको छ । किसान सभाले लेजलगायत पेप्सीका उत्पादनहरू बहिष्कार गर्न पनि आह्वान गरेको छ । किसानले आफ्नो उत्पादन कम्पनीले तोकेको मूल्यमा बेच्नुपर्ने सर्तमा पेप्सीकोले ‘एफसी५’ प्रजातिको आलुको बीउ किसानलाई दिँदै आएको समाचारमा लेखिएको छ । 

गुजरातमा पेप्सीलगायतका कम्पनीहरूलाई सरकारले बढी नै छुट दिएको विषयमा पहिल्यैदेखि विवाद छ । विशेषगरी सिंचाइका लागि पानी नपुगे पनि पेय पदार्थ उत्पादक कम्पनीलाई पर्याप्त पानी सरकारले दिने गरेकोमा किसानहरू खिन्न र क्रुद्ध छन् । प्रधानमन्त्री मोदीको ठूला व्यवसायप्रिति नरम नीतिले किसान र साना व्यापारी उद्यमी मर्कामा परेका छन् । चुनावमा यस्ता घटनाको प्रभाव कस्तो पर्ला त्यो त पछि नै थाहा होला तर गुजराती किसानमाथि परेको एक करोड हर्जाना तिराउने मुद्दा पनि विकासकै ‘प्रत्युत्पादन’ हो । 

र, अन्त्यमा 

माथिका घटनामा झट्ट हेर्दा समानता देखिँदैन तर सबैतिर समृद्धिको दौडमा गरिबलाई मार परेको छ । चिनियाँ धनाड्यहरूलाई स्वच्छ हावामा सास फेर्न पाउँदैनौ त कसरी भन्नू ? तर, पैसा कमाउने चक्करमा प्रदूषण त तिनै धनीले बढाएका हुन् । त्यही पैसाले उनीहरू आफू स्वच्छ हावामा सास फेर्छन् र आफ्नो भागको प्रदूषणसमेत गरिबले सास फेर्न वायुमा मिसाइदिन्छन् । 

गुजरातका किसानले धेरै फल्ने जातका बाली पनि लगाउन नपाउने भए । पेटेन्ट दर्ता गरेको बीउ रोप्न पाउँदैनौ भन्ने कम्पनीलाई सायद त्यहाँको अदालतले पनि जिताउला । किसानहरू पेप्सीको बन्धक हुने भए त ? 

खुलामञ्चका साना व्यापारीले ठेकेदारलाई पैसा दिएका छन् । करिब ५ करोडको लिनादिना भएको चर्चा सञ्चार माध्यममा आएको छ । तर, ती पैसा दिनेहरूसँग प्रमाण त केही छैन होला । टुँडीखेलमा व्यापार गरेर धेरै कमाउने चक्करमा तिनले पैसा दिए । कानुनतः तिनको पैसा फर्काउन प्रहरीले हस्तक्षेप गर्न पनि नमिल्ला । गैरकानुनी काम गर्न प्रहरीलाई कसरी भन्नू ? तर, ती साना व्यापारीलाई सरकार वा कुनै व्यापारी संस्थाले संरक्षण नगर्ने हो भने तिनको त घरबारै उठ्छ होला । मानवीय दृष्टिले पनि त्यसो हुन दिनु त पक्कै हुँदैन । के प्रधानमन्त्री ओलीले यिनको टहरामा डोजर चलाएर खुलामञ्च खाली गर्न आदेश दिएजस्तै यिनलाई न्याय दिलाउन पनि हस्तक्षेप गर्लान् ? कि यिनको बिचल्ली हुने हो ? खोज्ने हो भने त ‘भ्यु टावर’मै घोटाला भेटिनसक्छ । ठेकेदारलाई टुँडिखेल प्रयोग गर्न दिने निर्णयमा पनि बदनियत भेटिन सक्छ । यी सबै समृद्धिको हतारमा भएका काम हुन् । अर्थात् ‘समृद्धिको प्रतिउत्पादन’     


  


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC