site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललिता निवासमा राजनीतिक पूर्वाग्रह राखिएको सुवर्ण शमशेरका परिवारको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललिता निवास क्याम्पभित्रको जग्गाका बारेमा सञ्चार माध्यममा भइरहेको चर्चाको बारेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सुवर्ण शमसेर तथा कञ्चन शमसेर राणाको परिवारका तर्फबाट वक्तव्य जारी गरेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

सो परिवारका तर्फबाट रुक्म शमसेर राणा, हेमाद्री शमसेर राणा र हाटक शमसेर राणाले जारी गरेको वक्तव्यमा भनिएको छ,‘‘सुवर्ण शमसेरको नाममा दर्ता श्रेस्ता कायम भएको ललिता निवास क्याम्पभित्रको घर सुवर्ण शमसेरले मिति २०१७ असार १५को बडापत्र मालपोत कार्यालय मिति २०१७असार ३१मा रन १५४७बाट पारित गरी आफ्नै श्रीमती स्वेत प्रभा राणा—१ लाई ५७ रोपनी दरले दिई बाँकी ५७ रोपनी जग्गा आफ्नै नाममा राख्नु भएको घर जग्गा हो । ’’

Prabhu Bank
Agni Group
NIC Asia

वक्तव्यमा २०१७ सालमा प्रजातन्त्रको हत्या गरी आएको तत्कालीन श्री ५ को सरकारले हाम्रा बाबु तथा बाजे सुवर्ण शमसेर तथा कञ्चन शमसेर समेत केही नेपाली नागरिकलाई २१ दिन भित्र नेपाल फर्कि नआएमा सम्पति जफत हुने भनि तत्काल सम्पति रोक्का राख्ने गरी विशेष परिस्थिति नियन्त्रण ऐन २०१७को अधिकार प्रयोग गरी मिति २०१८ फागुन १९मा सबै बडा हाकिम तथा मेजिस्ट्रेटलाई  सुवर्ण तथा कन्चन शमसेर समेतको सम्पूर्ण सम्पति जफत गर्नु भनि पत्र लेखी जफत गरेको जनाइएको छ । सो वक्तव्यमा मिति २०१९ असार २२मा अदालतबाट समेत फैसला गरी गराई हाम्रा बाबु तथा बाजे सुवर्ण शमसेर र कन्चन शमसेरलाई सबेत सर्वश्व सहित जन्मकैदको सजाय भएको जनाउँदै वक्तव्यमा भनिएको छ,‘‘ललिता निवासको सम्पति जफत गरेपछि समरजंग कम्पनीलाई रेखदेख गर्न जिम्मा लगाएको पाइन्छ । काठमाडौं महानगरपालिका वडा नं २३ मा पर्ने सुवर्ण शमसेरको ललिता निवास क्याम्पाभित्रको जग्गा राष्ट्रिय करण भइ सकेको भन्दै मोहीलाई कमाउन दिनु भनि बाग्मती अञ्चलाधिश कार्यालयले समरगन्ज कम्पनीलाई लेखिएको पत्रको व्यहोरा समेतबाट सुवर्ण र कन्चन शमसेरको सम्पति जफत गरिएको प्रष्ट गर्दछ ।’’

वक्तव्यमा २०१८ सालमा जफत गरी समरजंग कम्पनीलाई रेखदेखमा जिम्मा लगाएको जग्गा मिति २०२१ मंसिर १७ गते अधिग्रहण गर्ने भनि प्रकाशित नेपाल राजपत्रको सूचनामा सुवर्ण शमसेर । कञ्चन शमसेरको अंश भाग जम्मा जग्गा १४ रोपनी चानचुन श्री ५ को सरकार लागि सकेको भन्ने व्यहोरा उल्लेख गरी अरु जग्गा अधिग्रहण गरेको भनी देखाउन खोजिएको पाइन्छ,वक्तव्यमा अगाडि भनिएको छ,‘‘तर, अधिग्रहण गरिएको भनिएको राजपत्रको सूचनामा उल्लेखित चार किल्लाभित्रको जग्गा नै अंशियारबीच २०१७ सालमा रजिस्ट्रेसन पारित भएको बडापत्रले सबै अंशियारले ५७ रोपनी भन्दा बढी जग्गा अंशबाट प्राप्त गरेको देखिन्छ ।सुवर्ण शमसेरले आफ्नी आफ्नी श्रीमती र छोराहरुलाई अंशबण्डा बापत दिई बाँकी रहेको सम्पूर्ण जग्ग सुवर्ण शमसेरकै अंश भागमा बाँकी रहेको पनि बडापत्रमा उल्लेख गरिएको छ ।’’

Global Ime bank

वक्तव्यमा भनिएको छ,‘‘५७–५७ रोपनी भन्दा बढी अंशभागमा प्राप्त गरेका सुवर्ण र कन्चन शमसेरको अंश भागमा जम्मा १४ रोपनी चानचुन जग्गा परेको भनी नेपाल राजपत्रको सूचनामा देखाउन खोजिएको छ । मिति २०२१ मंसिर १५मा अधिग्रहण गर्ने भनि प्रकाशित गरिएको राजपत्रको सूचनामा दुई जनाको अंश भागमा जम्मा १४ रोपनी चानचुन जग्गा मात्र अंश भागमा परेको भनि कसरी कायम भयो ?हाम्रोे अंश भागको जग्गा यतिउति भनी पारित अंशबण्डा विपरीत कसरी भागबण्डा गरियो ?हाम्रो बडापत्रमा उल्लेख भएको अंश भागलाई बदल बदल गरी तत्कालीन सरकारको दबाबपूर्ण भागबण्डामा देखाइएको जग्गा मा हाम्रो अंश भागलाई अदलबदल गरी तत्कालीन सरकारको दबाबपूर्ण भागबण्डामा देखाइएको जग्गा मात्र हामाृं अंश भाग हो भनि हामीले स्वीकार्नुपर्ने होइन÷छैन । प्रजातन्त्रको लडाईमा लागेका तमाम व्यक्तिको लागि पनि त्यो स्वीकार्य हुँदैन। प्रति अंशियार ५७ रोपनीको अंशभागबाट हिसाब गर्दा कन्चन र सुवर्ण दुई अंशियारको भागमा ११४ रोपनी जग्गा पर्न आउने प्रष्ट देखिन्छ । त्यस्तोमा भूलबश हो वा नियतबह ११४ रोपनी उल्ल्ोख हुनुपर्नेमा १४ रोपनी चानचुन मात्र लेखिन गएको कारणबाट भ्रममा पर्नुपर्ने देखिदैन । गलत सूचना प्रकाशित गरी भ्रम सृजना गरिएको तर्फपनि हामी तपाईहरु सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।पत्रकार मित्रहरुबाट यस विषयमा खोजमूलक समाचार प्रकाशित हुने विश्वास राख्दछों ।’’
पछिल्ला गतिविधिबाट सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको आफूहरुलाई लागेको समेत वक्तव्यमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC