site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'मेरो सरकार\'ले तताएको साताको अन्तिम दिन, राजाजस्तै नेता
Ghorahi CementGhorahi Cement

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा वाचन गर्दा प्रयोग भएका शब्दले साताको अन्तिम दिनमा तरंगै उत्पन्न भयो ।

आर्थिक वर्ष २०७६/७७ को सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत  गर्ने क्रममा उनले ‘मेरो सरकार’ शब्द प्रयोग गरेपछि तरंग उत्पन्न भएको हो । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्तै सामाजिक सञ्जालमा यसबारेमा व्यापक बहस र आलोचना सुरु भएको थियो । 

नीति तथा कार्यक्रम सुनेर बसेका कतिपय सांसदले सामाजिक सञ्जालमा तत्कालै विरोध जनाएका थिए । त्यसमध्ये एक थिए नेपाली कांग्रेसका सांसद गगन थापा ––“म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ ।@PM_Nepal ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?,” उनले ुसामाजिक सञ्जाल ट्विटरमा भने । 
सरकार समर्थक केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्य देशको प्रचलन भन्दै बचाउ गर्न खोजे पनि राजतन्त्रको झल्को भन्दै राष्ट्रपति र र सरकारको आलोचना गर्ने क्रम भने व्यापक भयो । शनिवार प्रकाशित केही पत्रपत्रिकाले समेत यस विषयलाई समेटेका छन् ।

Agni Group

नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा ‘राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्को’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले उपशीर्षकमा उल्लेख गरेको छ – संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले पञ्चायतकालीन शैलीमै २१ पटक ‘मेरो सरकार’ भनिन् ।’ तत्कालीन राजाहरुले राष्ट्रिय पञ्चायत वा संसद्लाई सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्थे । संविधानमै पनि त्यसबेला ‘श्री ५ को सरकार’ उल्लेख थियो ।

Global Ime bank

पछिल्ला राजा ज्ञानेन्द्र शाहले पनि सो शब्द प्रयोग गरे भने २०६२–६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘नेपाल सरकार’ र ‘हामी’ शब्द प्रयोग गरे । त्यसपछि त्यसैको निरन्तरता भएको भए पनि राष्ट्रपति भण्डारीले प्रयोग गरेका यी शब्दपछि गणतन्त्र थप जोखिममा परेको त होइन ? भन्ने अड्कलबाजीहरु पनि भएका छन् ।

कान्तिपुर दैनिकले पनि राष्ट्रपतिले भनिन् –मेरो सरकार । शीर्षकमा समाचार प्रकाशित गरेको छ ।  नागरिक दैनिकमा ‘मेरो सरकार’ मा राजतन्त्रको झल्को शीर्षकमा समाचार प्रकाशित भएको छ । दुई सय १८ बुँदे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले विगतमा राजाले जस्तै पटकपटक मेरो सरकार पदावली प्रयोग गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्टले भने यस विषयलाई त्यति महत्व दिएको पाइएन । 

शीर्ष नेताको निवास नै कार्यालय 
शनिबारको अन्नपूर्ण पोस्टमा ‘शीर्ष नेताका निवास नै कार्यालय’ शीर्षकमा समाचार प्रकाशित भएको छ । पुष्पकमल दाहाल, केपी शर्मा ओलीदेखि शेरबहादुर देउवाले निवास नै कार्यालयको रुपमा प्रयोग गरेको विषयलाई उठाइएको छ ।

त्यसमा नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले भनेका छन्–राजाजस्ता हाम्रा नेता । उनले भनेका छन्– हिजो राजासँग प्रजातन्त्र माग्ने एउटा चलन थियो । अनि राजाले प्रजातन्त्र दिन्थे । अहिले राजाको त्यो ठाउँमा हाम्रा नेता पुगेका छन् ।’

अन्य समाचार 

बितेको साता राष्ट्रपति भण्डारीको चीन भ्रमणसम्बन्धी समाचारले छापा माध्यममा राम्रै चर्चा पायो । चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चीनका समुद्री बन्दरगाह प्रयोग गर्न पाउने विषयको बढी चर्चा भयो । तर, कतिपय समाचारमा भारतसँगको परनिर्भताको अन्त्य भएको उल्लेख भए पनि नेपाली व्यवसायीलाई भारत वा चीनको कुन बन्दरगाह प्रयोग गर्दा फाइदा हुन्छ भन्ने विषयमा भने समाचार प्रकाशित भएको पाइएन ।

जग्गा विवाद कायमै 
बालुवाटारमा ललिता निवासले चर्चेको जग्गाको विषय बितेको साता पनि सेलाएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी जग्गा हिनामिना गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन् भने बालुवाटारबाहेक अन्य स्थानमा पनि सरकारी जग्गा व्यक्तिका नाममा बनाइएको भन्दै लगातार समाचार प्रकाशित भएको छ ।  सिंहदरबारकै जग्गा पनि अतिक्रमणमा परेको भन्दै नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गर्‍यो । नागरिक दैनिकले धोबीखोलको जग्गा पनि व्यक्तिमा नाममा दर्ता भएको पाइएको समाचार प्रकाशित गर्‍यो । 

बालुवाटार प्रकरणमा भने बितेको साता सुवर्ण शमशेरका सन्तानले मुख खोलेका छन् । तर, यस विषयलाई छापा माध्यमले खासै प्राथमिकता दिएको पाइएन । उनका सन्तानले आफूहरुको सम्पत्ति तत्कालीन पञ्चायती सरकारले जबर्जस्ती लिएको र आफूहरुले त्यसको क्षतिपूर्ति कहिले पनि नलिएको दाबी विज्ञप्तिमार्फत् गरेका छन् ।

प्रजातन्त्र ल्याउनका लागि भएको आन्दोलनमा सहयोग गरेकै कारण तत्कालीन पञ्चायती सरकारले आफूहरुको जग्गा हडपेको उनीहरुको दाबी छ ।

उता प्रधानमन्त्री ओलीले पनि नेकपा (नेकपा)का महासचिव विष्णु पौडेलले ललिता निवासमाको ८ आना जग्गा नहडपेको बताएका छन् । उनले बालुवाटारको जग्गालाई लिएर नेकपा र सरकारविरुद्ध भ्रम फैलाउन खोजिएको भन्दै महासचिव पौडेलको बचाउ गरेका छन् ।

बालुवाटारको सो जग्गा धितोमा राखेर बैंकबाट ऋण लिएको, जग्गा प्रकरणका सूत्रधार विदेश फरार भएको लगायतका विषयमा पनि यो बितेको साता समाचार प्रकाशित भए ।

अन्नपूर्ण पोस्ट १८ वर्षमा 
अन्नपूर्ण पोस्ट दैनिकले १७ वर्ष पूरा गरी यो साता १८ वर्षमा प्रवेश गरेको छ ।
लोकतन्त्र, राष्ट्रियता, सुशासन र स्वतन्त्रतासहितको समुन्नत नेपाल निर्माणको महान् उद्देश्यका निम्ति नै समर्पित रहेको भन्दै पोस्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापाका तर्फबाट प्रकाशकीय प्रकाशित भएको छ । अन्नपूर्ण पोस्टलाई बाह्रखरी परिवारका तर्फबाट शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC