site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मेरो सरकार’ले चिसो पस्योः भण्डारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सरदसिंह भण्डारीले राष्ट्रपतिद्वारा संघीय संसदमा प्रयोग गरिएको वाक्यांश ‘मेरो सरकार’ का बारेमा प्रष्ट्याउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलमा भाग लिँदै नेता भण्डारीले ‘मेरो सरकार’ वाक्यांशका बारेमा जनतालाई प्रष्ट पार्नु सरकारको पहिलो दायित्व भएको बताएका हुन् ।

‘‘यो संयोगवश आएको हो वा नियतवश आएको हो ?,’’ उनले प्रश्न गर्दै भने, ‘‘सरकारको पहिलो दायित्व छ, यसलाई प्रष्ट पार्नु पर्छ । के हो यो ? यसका पछाडि के छ ?’’  नेता भण्डारीले मुलुकमा राजतन्त्रका बेला राजाले प्रयोग गर्ने वाक्यांश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रयोग भएको सुन्दा आफू झल्याँस्स भएको बताए ।

राष्ट्रपतिबाट प्रयोग भएको वाक्यांशले आफूलाई दसैंको टीकालगायतका घटनाहरु सोच्न बाध्य बनाएको भन्दै उनले त्यसबाट आफ्नो मनमा चिसो पसेको बताए । ‘‘राजाका पालामा सुन्थे, मेरो सरकारले यस्तो गर्यो, उस्तो गर्यो । अहिले यो शब्द सुन्दा म झल्यास्स भएँ,’’ भण्डारीले भने, ‘‘त्यसपछि विभिन्न घटनाहरु मेरो दिमागमा घुम्न थाले । दसैंको घटना, टीकाको कुरा । यसले मेरो मनमा चिसो पस्यो ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC