site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सामन्ती चिन्तन भएकाहरुले \'मेरो सरकार\' को विरोध गरे : प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दावी गरेका छन् । 

प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क पनि गरेका हुन् । उनले भने, "गत बुधबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु भएकोमा चर्को आलोचना भईरहेको छ । राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोमा विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न आग्रह गर्दछु ।"

Prabhu Bank
Agni Group
NIC Asia

"जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ । स्विर्काछ", प्रधानमन्त्री ओलीले थपे, "मेलै मेरो देश भन्छु तर तपाईहरुको देश होइन् भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।"

सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक-पटक मेरो सरकार भन्ने गरेको दृष्टान्त पनि पेश गरेका छन् । 

Global Ime bank

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC