site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'मेरो सरकार\' जानीजानी राखिएको सुविचारित शब्द हो, कांग्रेसले पनि \'मेरो सरकार\' भने हुन्छ\' 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशको फेरि बचाउ गरेका छन् । उनले नेपालमा धेरै अभ्यासहरु मिल्न बाँकी रहेको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जानुपर्ने बताए । “हाम्रा अभ्यासहरु मिलेका छैनन् । मिलाएर लैजानुपर्छ । यस पटक यो मिल्यो, बाँकी मिलाउँदै जानुपर्छ,’’ उनले मिल्न बाँकी कुराहरुमध्ये यसक पटक ‘मेरो सरकार’ मिलेको दाबी गर्दै भने । 

उनले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ वाक्यांश भूलवश नआएको स्पष्ट पारे । “भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ । यो भूलचूक होइन, जानीजानी राखिएको सुविचारित शब्द हो,” ओलीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादर देउवाले राष्ट्रपति भण्डारीको सम्बोधनलाई बेलायती महारानीको शैली भनेकोप्रति आपत्ति जनाए । प्रधानमन्त्री ओलीले देउवालाई बेलायती महारानीसँग तुलना गर्दा कूटनीतिक मर्यादा भुल्न नहुने सुझावसमेत दिए । “राष्ट्रपतिज्यूको सम्बोधन बेलायती महारानीको जस्तो भन्नु उपयुक्त भएन । किनकी बेलायत हाम्रो मित्रराष्ट्र हो । बेलायतकी महारानीको सम्बोधनलाई नेगेटिभ टिप्पणी गर्नु वान्छनिय हुँदैन,’’ उनले भने, “उहाँहरुको आफ्नै परम्परा, आफ्नै तरिका छ । बेलायती महारानीको सम्बोधन नराम्रो हुन्छ र त्यस्तै शैलीको नेपालमा भयो भन्ने कुरा कूटनीतिक हुँदैन जस्तो लाग्छ ।’’

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि अहिलेको सरकारलाई मेरो सरकार भन्न सुझाव दिए । प्रधानमन्त्री ओली संसद् बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC