site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेदरल्यान्ड्सको राजपरिवारमा पुग्यो नेपालको ‘सशस्त्र युद्ध’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको दश वर्षे सशस्त्र युद्धका बाल सैनिक लेनीन बिष्टले नेपालको द्वन्द्वको बारेमा नेदरल्याण्डस्का राजपरिवारका एक सदस्यसँग समेत भेटेर कुरा राखेका छन् ।  उनले नेदरल्याण्ड्सकी प्रिन्सेस लाउरेन्टाइनसँग पूर्व बाल सेनाको व्यवस्थापन, दीर्घकालीन रणनीति, सहयोग र सहकार्यबारेमा छलफल गरेको बताइएको छ ।

लेनीनले आफूलाई नेदरल्याण्ड्सका राजपरिवारका सदस्यले रात्रिभोजका लागि आमन्त्रण गरेको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रिन्सेस लाउरेन्टाइन नेदरल्याण्डसका अहिलेका राजा विलेम अलेक्ज्याण्डरका कान्छो भाइ राजकुमार रादजल जभास्ट्राटकी पत्नी हुन् । अर्थात् नेदरल्याण्डस्का पूर्वमहारानी बिट्रिक्सकी उनी कान्छी बुहारी हुन् । पूर्वअर्थमन्त्री लारेन जान ब्रिन्कहोस्र्टकी छोरी उनी सन् २०००मा नेदरल्याण्डस्को राजपरिवारसँग वैवाहिक सम्बन्ध भएपछि त्यहाँको राजपरिवारकी सदस्य भएकी हुन् । उनी साक्षरता अभियानमा सक्रियतापूर्वक सहभागी भएका कारण केही प्रतिष्ठित पुरस्कार समेत पाएकी छन् ।

लेनीन करिब डेढ महिनादेखि नेदरल्याण्डस् लगायतका विभिन्न युरोपेली मुलुकमा गएर नेपालको तत्कालीन द्वन्द्वका कारण आफूहरुलाई परेको पीडाका बारेमा न्यायको खोजीमा रहेका छन् । उनलाई नेदरल्याण्ड्स सरकारले नै भ्रमणको चाँजोपाँजो मिलाइदिएको उनले केही अघि बाह्रखरीसँगको कुराकानीमा बताएका थिए ।

Global Ime bank

उनले हेग अदालतमा नेपालको द्वन्द्वको बारेमा मुद्धा दर्ता गराउन परामर्श गरेको भएपनि नेपालले रोम विधान अनुमोदन नगरेका कारण उनको त्यो उद्देश्य भने पूरा हुन सकेको छैन । उनले युरोपेली अभियन्ताहरुलाई रोम विधान अनुमोदन नगरेको भन्दैमा हामीहरुमाथि ज्यादती भइरह्यो भने पनि विश्व समुदायले हेरिरहने भनेर प्रश्न समेत सोधेको केही अघि बताएका थिए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC