१०० किलो गाँजा र कम्प्रेस गर्ने मेसिनसहित दुईजना पक्राउ

१०० किलो गाँजा र कम्प्रेस गर्ने मेसिनसहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीमा अवैध लागूऔषध गाँजा एक सय किलो र गाँजा च्याप्ने काठको फर्मा (कम्प्रेस मेसिन), रेन्ची, फलामको मेसिन (जग) सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ गंगटे बस्ने ३३ वर्षीय सानो कान्छा योन्जन र पर्सा, पर्सागढी नगरपालिका–९ मनवाका ३४ वर्षीय प्रगन सहनी रहेका छन् । 
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४ बाट उनीहरुलाई पक्राउ गरेको हो । 
पक्राउ परेका उनीहरुले लालबन्दी नगरपालिका–१४ गंगटेमा कारखाना संचालन गरी कच्चा हरियो गाँजालाई प्रशोधन गरी भारतीय तथा स्थानीय ग्राहकहरुलाई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad