site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संघीयता मन परे पनि नपरे पनि राज्यका संयन्त्रमा काम गर्नेहरूले संघीय शासन प्रणालीको संवैधानिक व्यवस्थाको सम्मान गर्नैपर्छ । नेपालमा भने सरकारी कारिन्दालाई संघीयता र विशेषगरी स्थानीय तहको अधिकारको सम्मान गर्न निकै सकस परेको देखिन्छ । त्यही प्रवृत्तिबाट आजित भएर हुनुपर्छ नगरपालिका फोरमको बैठकले ‘उपत्यका विकास प्राधिकरण’ खारेज गर्न सरकारसँग माग गरेको छ । फोरममा काठमाडौं उपत्यकाका १८ वटै नगरपालिका सदस्य रहेका छन् । निर्वाचित जनप्रतिनिधिको मञ्चबाट यसरी सरकारको कुनै निकाय खारेज गर्न माग गरिएको यो पहिलो उदाहरण हुनुपर्छ । प्राधिकरणले काठमाडौं महानगरपालिकाले जारी गरेको ‘भवन निर्माण मापदण्ड, २०७५’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि नगरपालिका फोरम बढी आक्रोशित भएको हुनुपर्छ । नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई भवन निर्माण मापदण्ड बनाउनसक्ने अधिकार दिएको छ ।  

उपत्यका विकास प्राधिकरणका सम्भवतः एक जना आयुक्तको स्थानीय तहप्रति बढी नै आक्रामक र द्वेषपूर्ण टिप्पणीले काठमाडौं उपत्यकाका नगरपालिका प्रमुखहरू प्राधिकरणै खारेज हुनुपर्ने निष्कर्षमा पुगेको हुनसक्छ । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले बनाएका नियम र मापदण्डहरू त्रुटिपूर्ण हुनसक्छन् । तर, तिनलाई सच्याउने विधिका रूपमा भने सरकारको कुनै कारिन्दाले निर्देशन दिने पद्धति स्वीकार्य हुनसक्तैन । स्थानीय सरकारहरू संविधानले दिएको अधिकार प्रयोग गर्नका लागि स्वतन्त्र हुन्छन् र तिनलाई सम्बन्धित विधायिका (नगरसभा) ले मात्र निर्देशन दिनसक्छ । यसैले प्राधिकरणका आयुक्तले महानगरपालिकालाई खटनपटन गर्न खोज्नु संविधानले निर्देश गरेको संघीय शासन प्रणालीको अवज्ञा हो । यही अवज्ञाका कारण नगरपालिकाका प्रमुखहरू प्राधिकरणकै अस्तित्व मेटाउन अग्रसर भएको हुनुपर्छ । नगरपालिकाहरूलाई उपत्यका नगर विकास प्राधिकरणको हस्तक्षेप स्वीकार्य नहुने नै हो भने त्यस्तो संस्थाको औचित्य पनि हुँदैन ।

नगरपालिकाहरूले पनि भवन निर्माण मापदण्डलगायत भौतिक विकासका विधि र नियम बनाउँदा नगरवासीको दीर्घकालीन हितलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने हो । काठमाडौं महानगरपालिकाका केही निर्णय हेर्दा भने नगरवासीको हितलाई प्राथमिकता दिएको देखिँदैन । रानीपोखरीको पुनर्निर्माणलगायत सम्पदा संरक्षणका क्षेत्रमा काठमाडौं महानगरपालिका बदनाम त भएको छ नै विभिन्न सन्दर्भमा यसका अधिकारीहरूको बदनियत पनि देखिएको छ । तर, त्यति हुँदाहुँदै पनि महानगरपालिकाको अधिकार क्षेत्रमा संविधानले गरेको व्यवस्थाबाहेक अन्यत्रबाट गरिएको हस्तक्षेप स्वीकार्य हुनु हुँदैन । यसैले काठमाडौं उपत्यका विकास प्राधिकरणको अस्तित्व प्रभावकारीरूपमा कायम राख्न उपत्यकाका जनप्रतिनिधिहरूको सहमति र स्वीकृति अनिवार्य हुन्छ । नगरपालिकाहरूले पनि प्राविधिक परामर्शदाताका रूपमा प्राधिकरणको उपयोगिता हुनसक्नेतर्फ विचार गर्नु उचित हुनेछ । अतः संघीयता पचाउन नसक्ने कुनै कारिन्दाका कारण सिंगो प्राधिकरण खारेज गर्नुभन्दा त्यस्ता व्यक्तिलाई हटाएर विवाद साम्य पार्नु सरकार र नगरपालिकाका प्रमुखहरू लागि बुद्धिमानी हुनेछ ।       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC