site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानको फाइभ स्टार होटलमा बन्दुकधारीहरुद्वारा आक्रमण
Sarbottam CementSarbottam Cement

इश्लामाबाद । पाकिस्तानको बलुचिस्तानस्थित फाइभ स्टार होटल जाभर पर्ल कन्टिनेन्टलमा शनिबार अपरान्ह बन्दुकधारीहरुले आक्रमण गरेका छन् । 

पाकिस्तानी अधिकारीहरुका अनुसार गोली चल्नासाथै होटलमा रहेका अतिथीलाई  बाहिर निकालिएको थियो । यद्यपि रमादान पर्व चलिरहेका कारण होटलमा धेरै अतिथी भने थिएनन् । एक जना सुरक्षा गार्डको गोली लागेर मृत्यु भएको बताइएको छ । त्यस्तै केही आक्रमणकारीपनि मारिएका छन्  । सुरक्षाकर्मी र कट्टरपन्थीबीच राति अबेर सम्म गोली हानहानको अवस्था रहेको थियो । पछि सम्म केही कर्मचारी होटलभित्रै रहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बलुचिस्तानका मुख्यमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई बताएअनुसार प्रहरी,फ्रन्टियर कोर र अन्य सुरक्षा एजेन्सीले होटललाई आफ्नो घेरामा लिएका छन् । उनका अनुसार आक्रमणको समयमा कोहीपनि विदेशी नागरिक त्यहाँ थिएनन् । उनका अनुसार बलुचिस्तानमा आत्मघाती आक्रमणकारी आएको रिपोर्ट पहिला नै थियो । यद्यपि ग्वादरमा यस खालको कुनै हमला पहिला भएको थिएन । बलुचिस्तान लिबरेसन आर्मीको माजिद ब्रिगेडले यो हमलाको जिम्बेवारी लिएको छ ।

ग्वादरमा पछिल्लो महिना चरमपन्थीले ११ सुरक्षाकर्मी समेत १४ जनाको हत्या गरेका थिए  । यो इलाकामा कैयौं चरमपन्थी संगठन सक्रिय रहेका छन् । जसमा पाकिस्तान तालिवान,बलुचिस्तान लिबरेसन आर्मी तथा सुन्नी मुश्लिम चरमपन्थी समूह लश्कर ए झाँग्वी सामेल रहेका छन् । ग्वादर चीन र पाकिस्तानकाबीच इकोनोमिक कोरिडरको मुख्य केन्द्र हो । जहाँ चीनका कैयौं इन्जिनियर तथा अन्य कर्मचारी रहन्छन् । आक्रमणमा परेको होटलपनि चिनियाँ सहयोगमा बनेको हो । पाकिस्तानस्थित चिनियाँ दुतावासले होटलमा भएको आक्रमणको निन्दा गरेको छ । ग्वादरको पश्चिमी सीमा इरानसँग जोडिन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC