काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको प्रस्ताव तयार पारेको छ । नेकपाले जिल्ला र प्रदेश तहको कमिटी एकता गरेको भए पनि पोलिटब्युरो गठन गरेको थिएन ।
पार्टी अध्यक्ष केपी शर्मा ओली भियतनाम तथा कम्बोडिया भ्रमणमा जानुपूर्व अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय तहका नेतासँग छलफल गरी पोलिटब्युरो गठनको प्रस्ताव तयार पारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य रहनेगरी १४७ सदस्यीय पोलिटब्युरो गठनको तयारी नेकपाले गरेको छ । नेकपाको अन्तरिम विधानमा केन्द्रीय कमिटीको एकतिहाइ नबढ्नेगरी पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ ।
“पोलिटब्युरो गठनका सम्बन्धमा नेताहरूको करिब सहमति जुटिसकेको छ, केही नामका बारेमा मात्रै विवाद छ, सम्भवतः अध्यक्ष स्वदेश फर्किएपछि एक बसाइमै सबै टुंगिन्छ,” रिजालले बाह्रखरीसँग भने । भियतनाम र कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष फर्किएपछि पोलिटब्युरो सदस्यहरूको नाम टुंगो लगाउने र जेठ ३ गते घोषणा गर्ने तयारी नेकपाको छ ।
कोको हुँदैछन् पोलिटब्युरो सदस्य ?
यसअघि एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । जसमध्ये उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, महान्यायाधिवक्ता अग्नी खरेल पनि अब पोलिटब्युरो सदस्य रहने छैनन् ।
अमृत बोहोरा पदेन सदस्य थिए भने सोमनाथ प्यासी, पुष्प कँडेल, केशव बडाल पनि आमन्त्रित सदस्य थिए । यसर्थ साविक कमिटीबाट ५९ जना रहने र बाँकी २९ जना नयाँ पोलिटब्युरो सदस्य छानिने रिजालको भनाइ छ ।
२९ जना मध्ये बोहोरा, प्यासी, कँडेल र बडाललाई स्वतः पोलिटब्युरो बनाउने प्रस्ताव छ । तत्कालीन एमालको पाँचौं महाधिवेशनमै केन्द्रीय सदस्य भएकाहरू पनि पोलिटब्युुरोमा थिएनन् । घनेन्द्र बस्नेत, देवराज घिमिरे, नरेश खरेल, केदार न्यौपानेलाई पोलिटब्युरोमा समेट्ने तयारी नेकपाको छ ।
त्यस्तै यसअघि नै पोलिटब्युरोमा रहेका कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साहलाई पनि पोलिटब्युरो बनाउने प्रस्ताव छ । उनीहरू एमालेको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित थिए । गुरु बराल, भानुभक्त जोशी, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, सुशीला नेपाल, गरिमा शाह, गोमा देवकोटा, केशवलाल श्रेष्ठ, चन्द्रबहादुर शाही, वैजनाथ चौधरी, ठाकुर गैरे, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, राजेन्द्र राई, डा. विजय सुब्बा, चुडामणि जंगली विश्वकर्मा, रामचन्द्र यादवलगायतको नाम पोलिटब्युरोमा प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दिए ।
यसमध्ये डा. विजय सुब्बाको नाम भने विवादमा छ । जनसांस्कृतिक महासंघका अध्यक्ष भइसकेका सुब्बा एमाले परित्याग गरी संघीय समाजवादी पार्टीमा गएका थिए । पुनः एमालेमै फर्किएका सुब्बालाई पोलिटब्युरो बनाउन नहुने मत सचिवालयमै रहेकाले उनी बन्ने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।
“एमालेबाट पोलिटब्युरो छान्दा दोहोर्याएर केन्द्रीय सदस्य भएका, आठौँमा पोलिटब्युरोमा रहेका तर नवौँमा चुनाव हारेका, वरीष्ठतालाई आधार बनाइएको छ । यो मापदण्ड पछ्याउँदा खासै विवाद हुँदैन,” केन्द्रीय सदस्य रिजाल बताउँछन् ।
पूर्वमाओवादीले युद्धकालका केन्द्रीय सदस्यलाई पोलिटब्युरोमा लैजाने
पूर्वएमालेको तुलनामा पूर्वमाओवादीमा भद्रगोल छ । कमिटीका संरचना ठूलो भएको र युद्धकालपछि पार्टीमा भित्रनेको संख्या अधिक भएकाले उसलाई व्यवस्थापन गर्न गाह्रो परेको स्रोत बताउँछ । तथापि पूर्वमाओवादीले शान्तिवार्ता हुनुअधि युद्धकालमा केन्द्रीय कमिटीमा रहेकाहरूलाई पोलिटब्युरोमा लैजाने तयारी गरेको छ । युद्धकालमा तत्कालीन नेकपा माओवादीको ९९ सदस्यीय कमिटी थियो ।
रामबहादुर थापा बादल समूहमा रहेकाहरूलाई पनि स्थान दिनुपर्ने हुनाले क्लस्टर मिलाएर पोलिटब्युरो छान्ने तयारी भइरहेको पूर्वमाओवादी निकट स्रोत बताउँछ ।
सचिवालयमा रहेका पुष्पकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ स्वतः पोलिटब्युरोमा रहनेछन् । त्यस्तै स्थायी कमिटीमा रहेका अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, शक्तिबहादुर बस्नेत, हरिबोल प्रसाद गजुरेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट पनि स्वतः पोलिटब्युरो सदस्य हुनेछन् ।
बाँकी सदस्यमा नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, पाशाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, टंक आङबुहाङ,, सुरेशकुमार राई, शशी श्रेष्ठ, डीआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल, सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुवेदी, मायाप्रसाद शर्मा, ओनसरी घर्ती, नन्दकुमार प्रसाईं, कमल चौलागाईंको नाम प्रस्तावित छ । यिनै नाममध्येबाट पोलिटब्युरो छानिने पूर्वमाओवादी स्रोत बताउँछ ।
को-को बन्दैछन् पोलिटब्युराे सदस्य ?
तत्कालीन एमालेको पोलिट्ब्युरो
१ केपी शर्मा ओली
२ झलनाथ खनाल
३ माधव नेपाल
४ वामदेव गौतम
५ विद्यादेवी भण्डारी (राष्ट्रपति)
६ युवराज ज्ञवाली
७ अष्टलक्ष्मी शाक्य
८ भीम रावल
९ ईश्वर पोखरेल
१० विष्णु पौडेल
११ घनश्याम भुसाल
१२ पृथ्वीसुव्वा गुरुङ्ग
१३ प्रदिप ज्ञवाली
१४ भीम आचार्य
१५ गोकर्ण विष्ट
१६ योगेश भट्टराई
१७ किरण गुरुङ्ग
१८ छविलाल विश्वकर्मा
१९ मुकुन्द न्यौपाने
२० सत्यनारायण मण्डल
२१ सुरेन्द्र पाण्डे
२२ शंकर पोखरेल
२३ अमृत बोहरा (पदेन
२४ सोमनाथ प्यासी (आमन्त्रित )
२५ पुष्प कँडेल (आमन्त्रित)
२६ केशव प्रसाद बडाल (आमन्त्रित)
२७ सुवास नेम्वाङ (पछि मनोनित)
२८ अग्नी खरेल (महान्यायाधिवक्ता)
२९ अरुण नेपाल
३१ गणेश तिमिल्सिना (राष्ट्रियसभाका अध्यक्ष)
३२ गङ्गालाल तुलाधर
३३ थममाया थापा
३४ नागेन्द्र चौधरी
३५ प्रदिप नेपाल
३६ प्रकाश ज्वाला
३७ परशुराममेघी गुरूङ्ग
३८ पशुपति चौलागाईं
३९ विन्दा पाण्डे
४० बेदुराम भुसाल
४१ भानुभक्त ढकाल
४२ महेन्द्र पाण्डे
४३ यामलाल कँडेल
४४ रघुजी पन्त
४५ राजेन्द्रप्रसाद पाण्डे
४६ राधा ज्ञवाली
४७ रामप्रित पासवान
४८ लालबाबु पण्डित
४९ डा. बिजय पौडेल
५० विष्णु रिमाल
५१ श्रीमाया थकाली
तत्कालीन एमालेको पोलिट्ब्युरोका वैकल्पिक सदस्य
५२ कर्ण थापा
५३ गोकुल घर्तीमगर
५४ गोरख वोेगटी
५५ गौरा प्रसाई कोईराला
५६ जगत विश्वकर्मा.
५७ जगन्नाथ खतिवडा
५८ तुलवहादुर गुरुङ्ग
५९ दलवहादूर राना
६० डा. वंशीधर मिश्र
६१ भागवत विश्वासी
६२ युवराज कार्की
६३ योगनारायण यादव
६४ शत्रुध्न महतो
६५ शेरधन राई
६६ सानुकुमार श्रेष्ठ (सभामुख, ३ नम्बर प्रदेशसभा)
थपिने २९ जनामध्ये प्रस्तावित नामहरु
१ अमृत बोहरा
२ सोमनाथ प्यासी
३ पुष्प कँडेल
४ केशवप्रसाद बडाल
५ खगराज अधिकारी
६ नरेश खरेल
७ धर्मनाथप्रसाद साह
८ देवराज घिमिरे
९ घनेन्द्र बस्नेत
१० गुरु बराल
११ कृष्णगोपाल श्रेष्ठ
१२ भानुभक्त जोशी
१३ शेरबहादुर तामाङ
१४ जीवनराम श्रेष्ठ
१५ केदार न्यौपाने
१६ ममता गिरी
१७ सुशीला नेपाल
१८ गरिमा शाह
१९ गोमा देवकोटा
२० केशवलाल श्रेष्ठ
२१ चन्द्रबहादुर शाही
२२ वैजनाथ चौधरी
२३ ठाकुर गैरे
२४ श्रीप्रसाद शाह
२५ ज्ञानबहादुर भुजेल
२६ राजेन्द्र राई
२७ डा. विजय सुब्बा
२८ चुडामणि जंगली विश्वकर्मा
२९ रामचन्द्र यादव
पूर्वमाओवादीबाट (कोटा ६५, प्रस्तावित ७४)
१ पुष्पकमल दाहाल
२ रामबहादुर थापा
३ नारायणकाजी श्रेष्ठ
४ अमिक शेरचन
५ देवप्रसाद गुरुङ
६ टोपबहादुर रायमाझी
७ गणेश साह
८ गिरिराजमणी पोखरेल
९ चक्रपाणि खनाल
१० जनार्दन शर्मा
११ टोपबहादुर रायामाझी
१२ देवेन्द्र पौडेल
१३ पम्फा भुसाल
१४ बर्षमान पुन
१५ मणिचन्द्र थापा
१६ मातृकाप्रसाद यादव
१७ शक्तिबहादुर बस्नेत
१८ हरिबोल प्रसाद गजुरेल
१९ अग्निप्रसाद सापकोटा
२० नारायण शर्मा पौडेल
२१ हितमान शाक्य
२२ लेखराज भट्ट
२३ कुलप्रसाद केसी
२४ जयपुरी घर्ती
२५ तिलक परियार
२६ लिलामणि पोखरेल
२७ दीनानाथ शर्मा
२८ हितराज पाण्डे
२९ विश्वनाथ साह
३१ डिलाराम आचार्य
३२ उर्मिला अर्याल
३३ श्रीराम ढकाल
३४ प्रभु साह
३५ टंक राई
३६ रामचन्द्र झा
३७ रामेश्वर राय यादव
३८ प्रह्लाद बुढाथोकी
३९ परशुराम तामाङ
४० पाशाङ शेर्पा
४१ सुरेन्द्रकुमार कार्की
४२ जोखबहादुर महरा
४३ नारायण दाहाल
४४ सन्तु दराई
४५ गणेशमान पुन
४६ जगप्रसाद शर्मा
४७ कालीबहादुर मल्ल
४८ कमला रोक्का
४९ झक्कु सुवेदी
५० हरिराज अधिकारी
५१ टंक आङबुहाङ
५२ सुरेशकुमार राई
५३ शशी श्रेष्ठ
५४ डीआर पौडेल
५५ रेखा शर्मा
५६ पूर्णाकुमारी सुवेदी
५७ गंगा कार्की
५८ पुष्पविक्रम मल्ल
५९ खगराज भट्ट
६० टेकबहादुर बस्नेत
६१ महेश गहतराज
६२ अञ्जना बिसंखे
६३ राजु खड्का
६४ कृष्णध्वज खड्का
६५ भरतप्रसाद शाह
६६ शिवकुमार मण्डल
६७ सुरेश आलेमगर
६८ महेश्वर दाहाल
६९ अमृता थापा
७० सूर्यप्रकाश सुवेदी
७१ मायाप्रसाद शर्मा
७२ ओनसरी घर्ती
७३ नन्दकुमार प्रसाईं
७४ कमल चौलागाईं