site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विकिलिक्सका सहसंस्थापक असान्जविरुद्धको बलात्कार मुद्दाको फाइल खोलियो
Sarbottam CementSarbottam Cement

बीबीसी । स्वीडेन अभियोजकहरुले विकिलिक्सका सहसंस्थापक जुलियन असान्जविरुद्धको बलात्कारको अभियोगको फाइल खोलेका छन् । पीडित महिलाका वकिलको आग्रहमा उक्त फाइल खोलेर अनुसन्धान थालिएको बीबीसीले जनाएको छ । 

असान्जले भने सो अभियोग अस्वीकार गर्दै आएका छन् । उनलाई सन् २०१२ मा लण्डनको इक्वेडोरको दूतावासमा शरण दिइएको थियो र त्यतिबेला स्वीडेनलाई सुपुर्दगी गरिएको थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वीडिस अभियोजकहरुले दुई वर्ष अघि नै यस मुद्दाको अनुसन्धान थाल्‍ने सोच बनाएका थिए । तर, असान्ज त्यो समयमा इक्वेडरको दूतावासको शरणमा भएका कारण उक्क अनुसन्धान अघि बढाउन नसकिएको स्वीडिस अभियोजकहरुले बताएका छन् । स्वीडेनका प्रहरी सहायक निर्देशक इभा मारी पीर्सनका भने, "मैले उक्त मुद्दाको फाइल आजै खोल्ने निर्णय गरेको हो । असान्जले नै बलात्कार गरेको हुनसक्ने आशंका गरिएको छ । हामी अनुसन्धान गर्छौं ।"

४७ वर्षीय असान्जलाई धरौटीको विषयलाई लिएर अहिले ५० हप्ताका लागि बेलायतको जेलमा राखिएको छ । अमेरिकाले असान्जको सुपुर्दगी चाहेको छ । उनले सन् २०१० मा अमेरिकाका कुटनीतिक र सैनिक सूचना सार्वजनिक गरेका थिए । 

Global Ime bank

उनको रिहाइ र बलात्कारको मुद्दाको फाइल खोल्ने विषयले सुपर्दगी मागिरहेको स्वीडेन र अमेरिकाको विषयलाई लिएर बेलायतलाई अप्ठेरो पर्न सक्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC