site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालीमा एउटा आहान छ – ‘‘देख्नेका आँखा फुटे सुन्नेको सही’’ । काठमाडौंमा मास्क लगाउनु पर्ने गरी धुलो छैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको उत्तरले त्यही आहान चरितार्थ हुन्छ । सडक भत्काएर वर्षौं अलपत्र छाडिँदा धुलोले आजित भएपछि काठमाडौं उपत्यकाका विभिन्न भेगका बासिन्दा आन्दोलनमा उत्रेका छन् । केही दिन पहिले काठमाडौंको बौद्ध – जोरपाटी सडकको धुलोबाट सताइएका स्गानीय आन्दोलन उत्रेका थिए । सडक तत्काल पिच गर्ने आश्वासन पाएपछि बौद्धका बासिन्दाले आन्दोलन स्थगित गरे । लगत्तै ललितपुरको चापागाउँमा सडक कालोपत्रे नभएकोमा स्थानीयले आक्रोश प्रकट गरेका छन् । ढोलाहिटी – चापागाउँ – लेले सडकको विस्तार र कालोपत्र गर्ने काम अलपत्र भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । 

प्रधानमन्त्री ओली काठमाडौंका सडकमा पैदल त पक्कै हिँड्दैनन् । छड्के गर्नैका लागि पैदल हिँड्न खोजे पनि समय, स्वास्थ्य र सुरक्षाका कारण देखाएर उनलाई सहयोगीहरूले काठमाडौंका सडकमा घुम्न दिँदैनन् । यसैले काठमाडौं अहिले पनि दुई वर्ष पहिलेजस्तै वा सोभन्दा पनि बढी धुलोले ढाकिएको सायद प्रधानमन्त्री ओलीले थाहा नै पाएका छैनन् । नत्र, अब काठमाडौंमा ‘मास्क’ लगाउन पर्दैन पक्कै भन्ने थिएनन् । सहनै नसकिने भएपछि मात्रै स्थानीयहरू सडक नै बन्द गरेर आन्दोलनमा उत्रने हुन् । केही महिना पहिला कलंकी – नागढुंगा सडक खण्डका बासिन्दा पनि यसरी नै आन्दोलनमा उत्रेका थिए । आन्दोलनमा उत्रेपछि सरकारले ध्यान दिने अपेक्षा तिनले गरेका हुन्छन् । तर, सरकारले भने आन्दोलनकारीलाई झुलाउन र झुक्याउनमै  बहादुरी ठानेको देखिन्छ । बौद्ध–जोरपाटी सडकमा सरकारले स्थानीयलाई दिएको आश्वासन कार्यान्वयन भएन । अर्थात्, सरकारले त्यहाँका जनतालाई झुक्यायो । 

सरकारको जनतालाई झुक्याउने प्रवृत्तिले राज्यको साख गिर्दै गएको छ । यसले सबैभन्दा धेरै हानि सरकारकै हुने हो । जनतालाई आश्वासन दिएर पूरा गर्न चासो नदेखाउनु प्रकारान्तरले हेप्नु नै हो । सरकारले चुनावका बेला गरेको वाचा पूरा गर्न सकेको छैन । नसकेको पनि के भन्नु गर्न खोजेकै देखिएको छैन । धन्न, जनताले अहिलेसम्म चुनाव घोषणापत्र बिर्सेकोमा सरकारलाई खबरदारी पनि गरेका छैनन् । तर, धुलोले आजित भएर आन्दोलनमै उत्रेकासँग गरेको सहमति पनि कार्यान्वयन नगर्नुले भने सरकारको हेपाहा प्रवृत्तिले सीमा नै नाघेको स्पष्ट हुन्छ । यसरी बारम्बार हेप्दा जनआक्रोशको पनि विस्फोट हुनसक्छ । नागरिकमा राज्यप्रतिकै विश्वास समाप्त हुनसक्छ । त्यतिबेला स्थिति काबुबाहिर जानसक्छ । सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न हिचकिचाउनु वा तर्कनु हुँदैन । यसैले तत्काल बौद्ध–जोरपाटी, ढोलाहिटी – चापागाउँ – लेलेलगायतका सडक निर्माण सकेसम्म छिटो सम्पन्न गर्न सरकारले इमानदार हस्तक्षेप गरोस् । प्रधानमन्त्री ओलीले ती सडकमा केही मिनेटमात्रै पनि व्यस्त समयमा सुटुक्क पुगेर यथार्थ बुझे भने देख्नेहरूले भनेको नपत्याएर सुनेका भरमा बोल्नुपर्ने थिएन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC