site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चन्द्रमाको आकार घट्दै गएकाले त्यहाँ कम्पन आइरहेको खुलासा
Sarbottam CementSarbottam Cement

एजेन्सी । वैज्ञानिकहरुले चन्द्रमा अझैपनि आन्तरिक रुपमा सक्रिय भएकाले नै यसको भौतिक रुप परिवर्तन हुने क्रम जारी रहेको बताएका छन् । यसबीच केही करोड वर्षमा चन्द्रमा १५० फिट सानो भइसकेको बताइएको छ । पृथ्वीबाट करिब चार लाख किलोमिटरको दुरीमा रहेको चन्द्रमाको आकार पृथ्वीको एक चौथाइ भन्दा अलिकति धेरै रहेको छ ।

सन् १९६९ देखि १९७७ बीच अमेरिकी अन्तरिक्षयात्रीहरुले अपोलो ११, १२, १४, १५ र १६ मिसनमा चन्द्रमामा सिस्मोमिटर राखिदिएका थिए जसकै मापनबारे पुनः नयाँ विश्लेषण गर्ने क्रममा सोमबार यस्तो खुृलासा गरिएको हो । यसको अर्थ चन्द्रमाको आन्तरिक भूभाग ४.५१ अर्ब वर्षसम्म सक्रिय रहँदै आएको ‘स्मिथ सोनियन इन्सटिट्युसन प्लानेटरी’ का वैज्ञानिक थोमस वाटर्सले जनाएका छन् । जर्नल ‘नेचर जिओसाइन्स’ मा प्रकाशित उक्त अनुसन्धान उनैले नेतृत्व गरेका हुन् ।  चन्द्रमाको सतहमा टुक्रिएका चट्टानहरु र क्षति पुगेका माटोले पनि यसको भित्री गतिविधिको संकेत गरेको बताइएको छ । पृथ्वीको भित्री क्रियाकलाप पनि तातो आन्तरिक बनावटकै कारण हुने गर्दछ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा करोडौँ वर्षसम्म आइपुग्दा चन्द्रमाको भित्री भूभाग सेलाउँदै गएकाले नै यसको सतह कडा बन्दै जाने र फुट्ने अनि फल्ट लाइनको रुप लिइरहेको नासाले जनाएको छ । स्पेस एजेन्सीले प्रमाण स्वरुप फल्ट लाइन्सको तस्बिर समेत रेकर्ड गरेको हो । नासाले यसबारे स्पष्ट पार्न ट्वीटरमा एउटा भिडियो पोस्ट गरेको छ । 

वैज्ञानिकहरुका अनुसार चन्द्रमा सानो हुँदै गएकाले नै यसको सतह खुम्चिएर त्यहाँ कम्पन आउन थालेको हो । वाल्टर्स भन्छन्, “हाम्रो विश्लेषणले पहिलोपटक यी फल्टहरु अझै सक्रिय रहेको र चनद्रमामा कम्पन पैदा गराइरहेको प्रमाणित गरेको छ ।”

Global Ime bank

यसरी समयसँगै चन्द्रमा चिसिँदा झन सानो हुँदै जाने बताइएको छ । वाल्टर्सले नासालाई दिएको बयान अनुसार ती कम्पनहरु पाँच रेक्टर स्केलसम्मको हुने गरेका छन् भने हालसम्म २८ वटा साधारण कम्पनहरु मापन गरिएको छ । यसरी उल्का पिन्ड लगायत अन्य विभिन्न कारणले पनि कम्पन उत्पन्न गराउन सक्छ ।

खासगरी नासाको ‘लुनार रिकनेसेन्स अर्बिटर’ ले हजारौँ शताब्दीपछि चन्द्रमाको भित्री भाग सेलाउँदै गएको हुँदा यो सानो हुन थालेको देखाएको हो । यसैको नतिजा स्वरुप चन्द्रमाको सतहका ससाना भागहरु खुम्चिन सुरु भएको छ जसलाई ‘फल्ट स्क्राप्स’ भनिन्छ । यस किसिमको फल्टले चन्द्रमा सतहको एकछेउको भूभागलाई माथितिर धकेल्ने गरेको युनिभर्सिटी अफ म्यारील्यान्डका भूविद् निकोलस स्कमर बताउँछन् । तिनीहरुको उचाइ ३३० फिटसम्म पुग्न सक्ने र धेरै टाढा फैलने गरेको उनको भनाइ छ । यसरी चन्द्रमा यसअघि पनि यही प्रक्रियाबाट गुज्रिएको छ छैन भन्ने स्पष्ट नभएको हुँदा यो खोज उत्साहजनक मोडमा पुगेको स्कमरको भनाइ छ । 

वास्तवमा हाम्रो सौर्य मण्डलमा चन्द्रमा बाहेक बुध ग्रह पनि उमेर बढेसँगै सानो हुँदे गएको बताइएको छ । यसअघि सो ग्रहको गहिराइमा पनि थुप्रै सङ्ख्यामा थ्रस्ट फल्टर्स फेला पारिएको रोयटर्सले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC