site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 श्रीलंकाली खेलाडी सबैभन्दा बढी उमेरका
Ghorahi CementGhorahi Cement

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन अब दुई सातामात्र बाँकी छ । इङ्ल्यान्ड र वेल्स संयुक्त रुपमा विश्वकप गर्न आतुर रहँदा सहभागी राष्ट्रको तयारी र टोलीमा समावेश खेलाडीको चर्चाले क्रिकेट बजार तातेको छ । 

मिति नजिकिएसँगै विभिन्न टोलीले उपाधि जित्न सक्नेबारे पनि विभिन्न अड्कल भइरहेका छन् । कुन टोलीको कुन पक्ष बलियो या कमजोर अहिले नै भन्ने सकिने अवस्था छैन । पाकिस्तानको टोली युवा खेलाडीमा निर्भर रहँदा भारत अनुभवी खेलाडीलाई हतियार बनाउने लक्ष्यमा छ । आज यस्तो टोलीको चर्चा गरेका छौं, जसमा रहेका खेलाडीको औसत उमेर २९.९ वर्ष छ । विश्वकपमा सहभागी हुने दसमध्ये श्रीलंका सबैभन्दा बढी उमेरका खेलाडी रहेको टोली हो ।

श्रीलंकाको टोली विश्लेषण गर्दा पुराना अनुभवी खेलाडी समूह चरण पार गर्नेमा महत्वपूर्ण हुन सक्नेछन् । श्रीलंकाको टोलीमा अधिकांश २९ वर्षदेखि ३६ वर्षका खेलाडी बढी छन् । २७, २४ र २८ वर्षका ३ खेलाडीमात्र समावेश छन् । अनुभवी बलर लासिथा मालिंगा रसुरुंगा लकमल र पूर्वकप्तान एन्जेलो म्याथ्युजसँगै १५ खेलाडीबारे चर्चा गरिएको छ । 

Agni Group

दिमुथ करुणारत्ने (कप्तान) 
एकदिवसीय अन्तरराष्ट्रिय खेलको धेरै अनुभव नरहेका दिमुथ करुणारत्नेले वेल्स र इङ्ल्यान्डमा हुन लागेको एकदिवसीय विश्वकपमा टोलीको कप्तानी गर्नेछन् । लासिथा मालिंगालाई हटाउँदै श्रीलंकाले टेस्ट टोलीका कप्तान करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिएको छ । नयाँ अपेक्षासहित टोली कप्तान बनाइएका उनले १७ एकदिवसीय अन्तरराष्ट्रिय खेलमात्र खेलेका छन् । 

एकदिवसीय क्रिकेटमा सम्झनलायक प्रदर्शन गर्न नसकेका उनले मात्र १ सय ९० रन बनाएका छन् । २०१५ पछि एकदिवसीय टोलीमा समावेश उनको प्रदर्शनबारे पनि सर्वत्र चासो छ । २०११ मा इङ्ल्यान्डविरुद्ध डेब्यु गरेका उनले पछिल्लो पटक एकदिवसीय खेल २०१५ मा इङ्ल्याण्डविरुद्ध नै खेलेका थिए । 

Global Ime bank

लासिथा मालिंगा 
विश्व क्रिकेटमा शानदार बलिङबाट आफ्नो क्षमता प्रदर्शन गरेका लासिथा मालिंगा एक दिवसीय क्रिकेटमा निकै अनुभवी खेलाडी हुन् । विश्वकप सुरु हुन २ महिनाअघि कप्तानबाट हटाइएका उनी जुनसुकै अवस्थामा टोलीलाई जिताउने क्षमता राख्छन् । 

३५ वर्षिय मालिंगाले २ सय १८ एकदिवसीय खेल खेलेका छन् । श्रीलंकाली टोलीका अनुभवी लेजेण्ड खेलाडी मालिंगाले २००४ मा युनाइटेड अरब इमिरेट्स युएईविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट सुरु गरेयता अहिलेसम्म ३ सय २२ विकेट लिएका छन् । 

बलिङतर्फ विश्वकप क्रिकेटमा इतिहास बोकेका मालिंगाले ब्याटिङतर्फ ५ सय ५० रन बनाएका छन् । उनी दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा पनि समावेश थिए ।  मालिंगा टोलीमा समावेश खेलाडीमध्ये बढी उमेरको दोस्रो नम्बरमा छन् । 

एन्जेलो म्याथ्युज
श्रीलंकाली टोलीका अर्का अनुभवी खेलाडीमध्ये एन्जेलो म्याथ्युज पनि एक हुन् । ३१ वर्षिय पूर्वकप्तान म्याथ्युजले २ सय ३ एकदिवसीय क्रिकेटको अनुभव बटुलेका छन् । 

ब्याटिङ र बलिङ दुवैमा आफूलाई प्रमाणित गरेका अलराउण्डर म्याथ्युजले २००८ मा जिम्वावेविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट करिअर सुरु गरेका हुन् । ९ वर्षको एकदिवसीय यात्रामा उनले ब्याटिङतर्फ ५ हजार ३ सय ८० रन बनाएका छन् । यस्तै बलिङतर्फ १ सय १४ विकेट लिएका छन् । टोलीको उपाधि लक्ष्यसहित म्याथ्युज विश्वकप टोलीमा समावेश छन् । 

कुशल परेरा
विश्वकप १५ सदस्य टोलीमा समावेश गरेका कुसल परेरा अनुभवी खेलाडी हुन् । २८ वर्षिय परेराले ८८ एकदिवसीय क्रिकेट खेलेका छन् । विकेटकिपर कुशलले २०१३ मा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेयता २२ सय ८३ रन बनाएका छन् । ४ नम्बरको जर्सिधारी परेराले १ सय ३५ उच्च रन बनाएका छन् । ११ अर्धशतक र ४ शतकको उनको नाममा छ । 

लहिरू थिरिमाने
अनुभवी खेलाडीमध्येका २९ वर्षिय लहिरु थिरीमाने पनि एक हुन् । २०१७ पछि एकदिवसीय क्रिकेटमा समावेश गरिएका थिरीमानेले भारतविरुद्ध एकदिवसीय क्रिकेट करिअर सुरु गरेका हुन् । २०१० मा भारतविरुद्ध डेब्यु गरेता थिरीमानेले १ सय १७ एकदिवसीय खेलमा २९ सय १६ रन बनाएका छन् । यस्तै बलिङतर्फ ३ विकेट लिएका छन् । 

कुशल मेन्डिस
एकदिवसीय क्रिकेटमा आफूलाई स्थापित गर्ने खेलाडी मध्येका एक हुन् कुशल मेन्डिस । २४ वर्षिय मेन्डिससँग ६२ एकदिवसीय क्रिकेटको अनुभव छ । उनले एकदिवसीय क्रिकेटमा करिअर सुरु गरेयता १६ सय २६ रन बनाएका छन् । 

१ सय २ सर्वाधिक रन बनाएका मेन्डिसले एकदिवसीय क्रिकेट सुरु गरेको ३ वर्षमात्र भएको छ । २०१६ मा आयरल्याण्डसँग खेल्दै मेन्डिसले एकदिवसीय क्रिकेट यात्रा सुरु गरेका थिए । युवा स्टार मेन्डिसले हालै दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । 

अविष्का फर्नाडो 
टोलीमा समावेश अविष्का फर्नाडो श्रीलंकाली टोलीमा सबैभन्दा कम अनुभव रहेका युवा खेलाडी हुन् । २१ वर्षिय फर्नाडोले ५ मात्र एकदिवसीय अन्तरराष्ट्रिय खेलमा सहभागिता  जनाउने अवसर पाएका छन् । २०१६ मा अष्ट्रेलियाविरुद्ध खेल्दै डेब्यु गरेका अविष्काले मार्चमा दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा टोलीमा स्थान बनाएका थिए । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान पाएका अविष्का श्रीलंकाली टोलीका भविष्यका स्टार हुन् । 

थिसरा परेरा
विश्वकप १५ सदस्यीय टोलीमा समावेश थिसारा परेरा एकदिवसीय क्रिकेटमा अनुभवी खेलाडी हुन् । ३० वर्षिय थिसारासँग १ सय ५३ एकदिवसीय खेलको अनुभव छ । ब्याटिङ र बलिङ दुवैमा पोख्त थिसाराले २००९ बाट एकदिवसीय क्रिकेट सुरु गरेयता २१ सय ४७ रन तथा १ सय ६९ विकेट लिएका छन् । श्रीलंका टोलीका महत्वपूर्ण सदस्य थिसाराले भारतविरुद्ध खेल्दै एकदिवसीय यात्रा सुरु गरेका हुन् । 

धनन्जय डी शिल्भा
कम एकदिवसीय खेलको अनुभव रहेका खेलाडी मध्ये अलराउण्डर धनन्जय डी शिल्भा पनि एक हुन् । २७ वर्षिय शिल्भाले ३२ एकदिवसीय क्रिकेट खेलेका छन् । उनले ६ सय ८१ रन तथा १५ विकेट लिएका छन् । २०१६ मा आयरल्याण्डविरुद्ध डेब्यु गरेका शिल्भाले हालै दक्षिण अफ्रिकाकाविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । 

जेफ्री वान्डरसे
एकदिवसीय क्रिकेटमा सङ्घर्षरत खेलाडी जेफ्री वान्डरसे एकदिवसीय खेलमा खासै अनुभवी खेलाडी होइनन् । २९ वर्षिय वान्डरसेले एकदिवसीय क्रिकेटमा सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । २०१५ मा न्युजिल्याण्डविरुद्ध डेब्यु गरेका उनले अन्तिम एकदिवसीय खेल २०१७ मा पाकिस्तानविरुद्ध खेलेका थिए । २ वर्षपछि एकदिवसीय क्रिकेटमा फर्किन लागेका वान्डरसेले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

इसुरु उदाना
छैटौंपटक एकदिवसीय खेलको तयारीमा रहेका इसुरु उदाना अलराउण्डर हुन् । यसअघिका पाँच एकदिवसीय खेलमा प्रमाणित गर्न नसकेका उदाना अर्को परीक्षाका लागि तयार भएका छन् । ३१ वर्षिय उदानाले २०१२ मा भारतविरुद्ध डेब्यु गरेता पाँच एकदिवसीय खेलमा मात्र १ सय १० रन बनाएका छन् । बलिङतर्फ २ विकेटमात्र लिएका छन् । उनले पछिल्लो समय मार्चमा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । 

नुवान प्रदिप 
श्रीलंकाली टोलीमा समावेश ३२ वर्षिय नुवान प्रदिपसँग ३४ एकदिवसीय खेलको अनुभव छ । २०१२ मा भारतविरुद्ध राष्ट्रिय टोलीको जर्सि लगाउँदै मैदान प्रवेश नुवानले ३४ एकदिवसीय खेलमा ३८ विकेट लिएका छन् । बलर नुवानले ब्याटिङतर्फ २७ रनमात्र जोडेका छन् । 

मिलिन्डा सिरिवर्दना
उमेरले पाका खेलाडीमध्ये ३३ वर्षिय अलराउण्डर मिलिडा सिरिवर्दना पनि एक हुन् । २६ एकदिवसीय खेलमा सहभागिता जनाएका मिलिन्डा करिअरको उत्तरार्धमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन् । २०१५ मा पाकिस्तानविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा आएका मिलिन्डाले ५ सय १३ रन तथा ९ विकेट लिएका छन् । पछिल्लो समय उनले २०१७ मा पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । 

सुरुङ्गा लकमल
श्रीलंकाली विश्वकप टोलीमा समावेश सुरुङ्गा उमेरले ३३ वर्ष पुग्न लागे । तर उनको प्रदर्शन हेर्नलायक रहन्छ । ८१ एकदिवसीय क्रिकेटको अनुभव साटेका लकमल ब्याटिङ भन्दा बलिङमा पोख्त छन् । २००९ मा एकदिवसीय क्रिकेट सुरु गरेयता लकमलले १ सय ५ विकेट लिएका छन् । पछिल्लो समय २०१८ मा बंगलादेशविरुद्ध एकदिवसीय सिरिज खेलेका लकमल अनुभवी बलर हुन् । 

जिवन मेन्डिस
उमेरले अनुभवी तथा एकदिवसीय क्रिकेटमा खासै उपलब्धी हासिल गर्न नसकेका ३६ वर्षिय जिवन मेन्डिसले ५४ खेल खेलेका छन् । २०१० बाट एकदिवसीय क्रिकेट सुरु गरेयता जिवन मेन्डिसले ब्याटिङतर्फ ६ सय ४ रन बनाएका छन् । बलिङतर्फ जिवनले २८ विकेट लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC