पहिलो हाफमा मनाङ १-० गोलले पछि

पहिलो हाफमा मनाङ १-० गोलले पछि

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत आफ्नो चौथो खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङदी क्लब मिनर्वा पन्जाबसँग पहिलो हाफमा १-० गोलले पछि परेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा मनाङ पहिलो हाफमा एक गोलले पछि परेको हो । पन्जाबका लागि खेलको ४० औँ मिनेटमा मोमोइरङटिम थाईबा सिंहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

बुधबारको खेलमा घरेलु टोली मनाङले राम्रो मुभ बनाउन सकेको छैन् । उता पाहुना टोली पन्जाबका लागि खेलको आठौँ मिनेटमा समिउलले डिबक्स निरको बल राम्रो प्रहार गरे पनि बल भने पोस्टमा लागेर फर्केको थियो ।

खेलको अतिरिक्त समयमा पन्जाब १० खेलाडीमा समेटिएको छ । पन्जाबका प्रतिक जोशीले मनाङका ओलाओलालाई लडाएपछि रातो कार्ड पाउँदै मैदान बाहिर गए । भारतमा भएको पहिलो खेलमा २-२ गोलको बराबरी खेलेका दुबै क्लब आजको खेलमा जित निकाल्ने लक्ष्यमा छन् ।

प्रतिकृया दिनुहोस
ad