काठमाडौं । धुन नेपालको प्रस्तुतिमा रहेको 'अनुसन्धान' बोलको गीत सार्वजनिक गरिएको छ । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत 'अनुसन्धान' बुधबार सार्वजनिक गरिएको हो।
उक्त भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ । गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ । गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।
निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय छ ।
गीतलाई धुन नेपालको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।