site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय रत्‍न तथा आभूषण सम्मेलन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबारदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । लैनचोरस्थित खानी तथा भूगर्भ विभागको प्राङगणमा हुने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा हुने प्रदर्शनी नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका आयोजना गर्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

आयोजक महासंघका अध्यक्ष रमेश महर्जनका अनुसार मेलामा भारत, चीनलगायतका एसियाली र युरोपियन मुलुकहरुका गरी ६० वटा स्टल रहने जनाइएको छ । जसमध्ये गोल्ड डाउमन्ड ज्वेलरीका ३६, लुज जेम्सका ४, सिल्भर ज्वेलरीका २, जेम कटिङका २, रक एन्ड मिनिरल्सका १२ तथा एजुकेसनका ४ स्टल रहनेछन् ।

Global Ime bank

नेपाली गरगहनाको मौलिकता विश्वकै उदाहरणीय रहेको भन्दै यसको सम्भावनाको खोजी र प्रबद्र्धनका लागि पनि मेला उपयोगी हुने विश्वास लिइएको छ । यसका साथै नेपालका खनिजलाई प्रशोधन गरेर गुणस्तरीय बनाएर निर्यात गर्ने मुख्य उद्देश्य रहेको पनि आयोजकले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC