site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साना योजनामा प्रदेशको बजेट हाल्दैनौं : प्रमुख सचिव अधिकारी
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकारका प्रमुख सचिव सुरेश अधिकारीले स्थानीय तहका साना कार्यक्रममा पनि प्रदेश सरकारले बजेट छुट्याउने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् ।
 
प्रदेश १ को राजधानी विराटनगरमा बुधबार पत्रकारहरुसँगको छलफलमा अधिकारीले भने,‘‘विकासका कतिपय कार्यक्रममा स्थानीय तहले गर्न सक्ने परियोजनामा समेत प्रदेशले बजेट छुट्याएको देखिएको छ । तलबाट हामीले गर्नसक्ने काममा समेत प्रदेशले गर्न चाहेको भन्दै गुनासो आउने गरेको छ । अब यसपटकको नीति तथा कार्यक्रममार्फत यसलाई रोकिने छ ।’’ अधिकारीले विकास जनताले अनुभूत हुने गरी तलसम्म लगिने दाबी गरे ।

हाल प्रदेश सरकारको पूँजीगत खर्च २० प्रतिशत रहनु सरकारको खर्च गर्ने क्षमतामा कमी देखिएको भन्दै उनले स्रोतभन्दा पनि प्रदेश सरकारसँग आफ्ना निकायको कमी रहेको बताए । उनले भने,‘‘सरकारले चाहेर पनि काम गर्न सकेको छैन । तल्लो तहसम्म कार्यालय छैनन् । पूर्वाधार कार्यक्रमहरु पुग्न सकेका छैनन् । काम गर्ने निकाय छैन । सरकारबाट निर्णय भए पनि कार्यान्वयन गर्ने निकाय नभएकोले विकास खर्च हुन सकेको छैन ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने गरी प्रस्तुत गर्ने तयारी रहेको पनि सुनाए । सरकारका नीति तथा कार्यक्रमहरु कार्यान्वयन र अनुगमन गर्दै प्रभावकारी बनाउन प्रशासनिक संरचनालाई चुस्त बनाउने योजना बनाएको स्पष्ट गरे ।

विकास निर्माणका काममा प्रादेशिक निकाय र अन्य निकायबीच समन्वय चाहिने भन्दै उनले अन्तर निकाय समन्वयमा समेत जोड दिने बताए । उनले भने,‘‘जनताले अपेक्षा गरेका सेवालाई ध्यान दिँदै के कस्ता कार्यालय कहाँ राख्ने भन्ने तय गरिने छ ।’’ विकास कार्यक्रमलाई प्राथमिकता, आर्थिक अनुशासन, बेरुजु कम गर्ने देखिएका अनियमिततामा सतर्क गराउनेजस्ता विषयलाई प्राथमिकतामा राख्ने जानकारी दिए । प्रदेश सरकार स्थापना भएको धेरै नभएको तर प्राविधिक जनशक्ति र कर्मचारीको अभाव रहेको बताए । 

Global Ime bank

‘‘त्यसले गर्दा पनि विकास निर्माण पनि सोचेजसरी अघि बेढेको छैन’’,उनले भने,‘‘ कर्मचारीको पदस्थापन, सरुवा गर्न मापदण्ड तयार भएको छ । त्यही अनुरुप खटनपटन हुन्छ । सोहीअनुरुप लागु हुन्छ ।’’ उनले प्रादेशिक निकायलाई सक्रिय गराउने र विकेन्द्रित गरिने बताउँदै  जनताले अपेक्षा गरेको सेवा र विकासको काममा वितरण गर्ने निकाय जनताको आवश्यकताअनुसार छरिने पनि बताए । कहाँ सडक, यातायात वा स्वास्थ्य कार्यालय राख्ने भन्ने तय हुने अधिकारीले जनाएका छन् ।
 
तत्कालै प्रदेश निजामति ऐन र प्रदेश लोकसेवा सम्बन्धी कानुन निर्माण गर्न विधेयक सदनमा लैजाने तयारी रहेको जानकारी दिँदै उनले प्रदेश निजामती ऐन नबनाए कर्मचारीको व्यवस्थापन हुन नसक्ने स्पष्ट गरे । उनले भने,‘‘प्रदेश लोकसेवाले नै स्थानीय तहका कर्मचारीको व्यवस्थापन गर्नेछ । क्षमता विकासको लागि कर्मचारी र जनप्रतिनिधिलाई प्रशिक्षण तथा अन्तरक्रिया गर्नेछ ।’’

उनले झापाको कलबलगुढीको तालिम केन्द्र प्रदेश सरकार मातहत ल्याएर क्षमता विकास प्रतिष्ठानको रुपमा विकास गरिने बताए । विकास साझेदारहरुको पनि सहकार्य रहने अधिकारीको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC